Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
ह्याप्पी सोसल मिडिया डे – Media Kurakani

ह्याप्पी सोसल मिडिया डे


इन्टरनेट प्रविधिको तीब्र विकाससँगै आएको डिजिटल क्रान्तिको सम्झनामा आज विश्वभर सोसल मिडिया डे अर्थात सामाजिक सञ्चार दिवस मनाइँदै छ । दिवस मनाउन विश्वभर स्वतःस्फुर्त तथा संगठित रुपमा सोसल मिडिया डे मिटअप तथा अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।

फोटोः http://samanthacheney.com/
फोटोः http://samanthacheney.com/

सन् २०१० को जुन ३० देखि सोसल मिडिया तथा आइटी ब्लग म्यासेबलले वार्षिक रुपमा सोसल मिडिया डे मनाउन थालेको हो । प्रविधमा बढिरहेको विश्वव्यापी प्रभावको सम्झना र पहिचानका लागि दिवस मनाउन थालिएको म्यासेबलले जनाएको छ । दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । सोसल मिडिया डे मनाउन काठमाडौंमा पनि सोसल मिडिया डे मिटअपको आयोजना गरिएको छ ।

सोसल एभ्सआकारपोष्ट डट कम र नेपाली ब्लगर्स युनाइटले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । शनिबार दिउसो काठमाडौंमा भएको कार्यक्रममा नेपालमा सोसल मिडियाको उपयोगिता, यसका राम्रा नराम्रा पक्ष र अहिलेका चर्चित नेटवर्कको प्रयोगजस्ता एजेन्डामा छलफल भएको आकारपोष्ट डट कमका आकार अनिलले जानकारी दिए ।

फेसबुक नेपालमा सर्वाधिक चर्चित सामाजिक सञ्जाल हो । सोसलबेकर्स डट कमको पछिल्लो (असार १६, २०६९) को तथ्यांक अनुसार नेपालमा १५ लाख ७४ हजार फेसबुक प्रयोगकर्ता छन् । फेसबुक प्रयोगकर्ताका हिसाबले नेपाल विश्वमा ६८ औँ स्थानमा छ । फेसबुकपछि नेपालमा ट्वीटर, गुगल प्लस, लिंकेडइन, फ्लिकर, यूट्युब, ब्लग आदि चर्चित छन् ।


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344