रिपोर्टरको डायरीः पीडा भुलेर रिपोर्टिङ


अरु बेला पीडामा बसेको व्यक्तिको समाचार र आलेख लेख्थे, लेखिरहें। आज आफ्नै कुरा लेख्दै छु।

बैशाख ३१ गते मेरा सहकर्मी फोटोपत्रकार निमेषजंग राईका साथ भारतीय वायु सेनाको हेलिकप्टरमा चरिकोट पुगियो। बजार सुनसान थियो। सातदोबाटोबाट चरिघ्याङ तर्फको ठूला होटल भत्किएको थियो। त्यो बाटो हिँड्न पनि डरमर्दो थियो। कुनैपनि बेला घर भत्किन सक्थ्यो। मूल सडकमा धाँजो फाटेर चिरिएको थियो।

सदरमुकाममै बिजुली थिएन। टेलिकमले स्थानीयको मोबाईल चार्ज गर्न जेनेटर चलाईदिएको थियो। त्यसैको सहयोगबाट हामीले केन्द्रमा समाचार पठायौँ। हाम्रो लक्ष्य भूकम्पबाट बढी क्षति भएको दोलखा सिंगटी पुग्नु थियो। सडकमार्गबाट सिंगटी जानु जोखिमयुक्त थियो। मन बाँधेर भाडामा गाडी खोज्यौँ। सिंगटी जान चालकहरु डराउँथे। ‘सिंगटी त जति पैसा दिए जान्न। बल्ल तल्ल बाँचेको जिन्दगी फेरी मर्नु छैन ?’ ड्राइभरहरू जिब्रो टोक्थे। कान्तिपुर दैनिकका पत्रकार मकर श्रेष्ठको रिपोर्टिङ डायरी इकान्तिपुर डट कममा पुरा पढ्नुहोस्।

Read This Article in English 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.