प्रधान सम्पादक बिदा भएको पाठकलाई पत्तो नदिने?


आजको कुराकानी पत्रकार दिनेश आचार्यको फेसबुक स्ट्याटसबाट सुरु गरौँ।

उनले फेसबुकमा लेखेका छन्-

गुणराज लुइँटेलले सम्पादन गरेको पहिलो दिनको नागरिक पढियो। आफ्नै नियुक्तिको समाचार पनि उनैले अवश्य हेरे होलान। तर त्यसमा अघिल्लो दिनसम्म को सम्पादक थिए? र कहिले छाडे? भन्ने समेत छैन। कृतघ्नताको पराकाष्ठा ! आजको कान्तिपुरको एभिन्युजन टिभीसम्बन्धी समाचारको त के कुरा गर्नु। कुरीकुरी सुधीर शर्मा। किन किन बिग हाउसका पत्रकारिताको स्तर देखेरै बिरक्त लाग्यो। नागरिक त यसअघि नै असहिष्णु हो, किशोर नेपाललाई पनि त्यसैगरी निकालेथ्यो। प्रतीक प्रधान कारोबारमा राजीनामा दिएको मिति अगाडी नै नागरिकको सम्पादक भनेर प्रिन्टलाइनमा छापिन पुगेथे। कस्तो विकृत परम्परा? अनि अरुलाई अर्ति थोपर्छन्! आश्चर्य!!

पत्रकार भानुभक्त आचार्यले फेसबुकमा यही विषय उठाएका छन्। उनले लेखेका छन्-

यी दुई अग्रणी दैनिक (कान्तिपुर र नागरिक) को पारा हेर्नुहोस्। एउटाले गुणराज लुँइटेलभन्दा अघि को सम्पादक थिए भन्न सकेन, अर्काले एभिन्युज टेलिभिजनको किन दर्ता खारेज भयो भन्न सकेन। व्यावसायिक पत्रकारितामा यतिसारो पूर्वाग्रही समाचार देख्न लेख्या रहेछ।

Nagarik-Daily-News-Guna-Raj

माथिका दुई फेसबुक स्ट्याटसले  हालैका दिनमा उठेका दुईओटा फरक फरक मिडियाका मुद्दाका बारेमा कुरा गरेका छन्।

एउटा, एभिन्युज टिभीबारे र अर्को नागरिक दैनिक बारे।

एभिन्युज टिभीको लाइसेन्स रद्दबारे मिडिया कुराकानीको ब्लग एभिन्युज टेलिभिजनको लाइसेन्स रद्द भएको छैन रे? कुरीकुरी मन्त्री ज्यू! मा विस्तृत पढ्न पाइन्छ। अहिले उठाउन खोजिएको विषयचाहिँ नागरिक दैनिकमा भएको सम्पादक फेरिएपछि उठेको विषयका बारेमा हो।

सँगैको समाचार (१३ जेठ २०७२ मा पहिलो पृष्ठमा छापिएको) हेर्नुहोस् जहाँ नयाँ सम्पादक नियुक्तिबारे जानकारी दिइए पनि उनीअघि उनको ठाउँमा को थिए भन्ने जानकारी पाइँदैन।

नेपाल रिपब्लिक मिडियाको अंग्रेजी दैनिकका यसअघिका प्रधान सम्पादक कसमस विश्वकर्मालाई भने धन्यवाद सहित बिदा गरिएको यसको अनलाइनमा भेटिन्छ।

तर आफ्नो करार सकिएर बिदा भएका नागरिकका प्रधान सम्पादक प्रतीक प्रधानलाई न छापामा उल्लेख गरियो न त अनलाइनमा नै।

जस्तोसुकै मिडियामा पनि त्यहाँको कार्यकारी व्यक्ति परिवर्तन हुँदा जानकारी गराउनु सामान्य व्यवसायिक चलन हो। त्यहाँ को गयो र को आयो भनेर जानकारी गराइन्छ। कम्तिमा पाठकले यो कुरा थाहा पाउनुपर्छ। तर नागरिक दैनिकको सवालमा नयाँ सम्पादक गुणराज आए भन्ने त पाठकले थाहा पाए तर अघिल्लो दिनसम्म प्रधानसम्पादक रहेका प्रतीक प्रधान बिदा भए भन्ने उनीहरुले पत्तोसम्म पाएनन्।

प्रधान सम्पादक प्रतीक प्रधानले सोमबार राजीनामा दिएपछि पाँचौ सम्पादकको पर्खाइमा रहेको नेपाल रिपब्लिक मिडिया प्रालिले मंगलबार लुइँटेललाई नागरिक दैनिकको सम्पादक नियुक्त गरेको थियो।

गत सोमबार प्रधान सम्पादक प्रतीक प्रधानसँगै नागरिकका सेकेन्डम्यान सुदीप श्रेष्ठले नागरिक छोडेका थिए।

प्रधान सम्पादकलाई धन्यवादसम्म नभन्नु दिनेश आचार्यले भनेजस्तो ‘विकृत परम्परा’ हो वा भानुभक्त आचार्यले भनेजस्तो ‘पूर्वाग्रही’? कि यो बहसका लागि कुनै विषय नै होइन? तपाईँको विचार के छ?

2 Comments

  • puskar Pandey (#)
    May 29th, 2015

    Weak professionalism. Probably they can suggest to others do as professionally, but they don’t know how to be a professional. “PREJUDICE”

  • Media Kurakani (#)
    May 30th, 2015

    Thanks Puskar Pandey Jee for your comment! We expect critical comment in media issues from you! Please suggest any topic and issues related to media and journalism for us! mediakurakani@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.