जब विज्ञापन समाचार बन्छ र समाचार विज्ञापनः एक उदाहरण


पत्रपत्रिका हेर्नुस् कि समाचार देखिन्छ कि विज्ञापन। लेख पनि हुन्छन्, त्यसको कुरा नगरौँ।

समाचार र विज्ञापनमा के फरक हुन्छ त्यसको चर्चा पछि गरौँला। आजको कुराकानीको विषय हो- के विज्ञापन समाचार बन्न सक्छ अनि समाचार विज्ञापन बन्न सक्छ?

आज (२०७२ जेठ २१ गते बिहीबार) कान्तिपुरमा छापिएको एउटा विज्ञापनलाई उदाहरण मान्ने हो भने समाचार विज्ञापन बन्न सक्छ। समाचार विज्ञापन बन्न सक्छ भने विज्ञापन समाचार बन्न नसक्ने कुरै भएन।

तिलक पोखरेलको ट्विट हेर्नुस्।

यो विज्ञापनमा चेल्सी इन्टरनेसनल एकेडेमी नामको कलेजका बारेमा विभिन्न दैनिक पत्रिकामा छापिएका समाचार शोर्षकको कटिङ राखिएको छ। कारोबार दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक र नेपाल समाचारपत्र दैनिकमा विभिन्न मितिमा यो कलेज उत्कृष्ट भएको भन्दै ‘समाचार’ छापिएको रहेछ।

त्यही समाचार छापिएको विज्ञापन आज कान्तिपुरमा छापिएछ। पहिला समाचारलाई ‘स्पोन्सर’ गर्‍यो अनि छापिएपछि त्यसैलाई विज्ञापन गर्‍यो। अनि भएन त विज्ञापन समाचार र समाचार विज्ञापन? माथिको ट्विटमा अनमोलमणिको रिप्लाइ पढ्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.