पत्रकारलाई तलब नदिने एभिन्युज र हिमालय टिभीविरुद्ध आन्दोलन घोषणा


एभिन्युज टेलिभिजन र हिमालय टेलिभिजनले लामो समयदेखि पत्रकारलाई तलब नदिएपछि नेपाल महासंघले आन्दोलन घोषणा गरेको छ। महासंघको २०७२ जेठ ३१ गते बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। के के छन् त आन्दोलन? महासंघले प्रकाशित गरेको विज्ञप्तिः

नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन र एभिन्यूज टेलिभिजन प्रतिष्ठान शाखामा लामो समयदेखि पत्रकार तथा कर्मचारीहरूले पारिश्रमिकसमेत नपाइरहेको अवस्थामा श्रम सम्बन्धी माग राखी आन्दोलन भैरहेको छ। व्यवस्थापन पक्षसँग दुबै प्रतिष्ठान शाखामा केन्द्रीय समितिका पदाधिकारीहरूको रोहबरमा सहमति समेत गरिएको थियो। तर, सहमति कार्यन्वयन गर्नुको सट्टा व्यवस्थापन पक्षले शाखाका पदाधिकारीहरूलाई पूर्वाग्रही ढंगले सरूवा गर्ने, स्पष्टीकरण माग्ने जस्ता कार्य गर्न थालेपछि महासंघ सशंकित र आक्राशित भएको छ।

लामो समयदेखि तलव नदिएकाले समयमै तलब भुक्तानी एवं श्रमजीवी पत्रकार ऐन कार्यन्वयन लगायत माग राखी २०७२ जेठ ३२ गतेसम्म माग पूरा गर्न शाखाले अल्टिमेटम दिएको थियो। उक्त अल्टिमेटमलाई समेत व्यवस्थापन पक्षबाट बेवास्ता गरिएकाले २०७२ जेठ ३० गते सिन्धुपाल्चोक, चौतारामा सम्पन्न नेपाल पत्रकार महासंघको पाँचौ केन्द्रीय समिति बैठकको निर्णय अनुसार २०७२ असार १ गतेदेखि आन्दोलनको पहिलो चरणस्वरूप १ घन्टा धर्ना कार्यक्रम तय गरिएको छ।

पहिलो दिनको धर्ना भोलि २०७२ असार १ गते मंगलबार हिमालय टेलिभिजनमा बिहान १० बजे र एभिन्यूज टेलिभिजनमा मध्यान्ह १२ बजेदेखि सुरू हुनेछ। महासंघ केन्द्रको सांकेतिक विरोधलाई व्यवस्थापन पक्षले पुनः बेवास्ता गरे थप कडा संघर्षका कार्यक्रम घोषणा गरिने समेत जानकारी गराइन्छ। महासंघ केन्द्रले घोषणा गरेको संघर्षका कार्यक्रम सफल बनाउनका लागि सहभागिता जनाउन उपत्यकाका तीनवटै शाखा, ४२ प्रतिष्ठान र १० एशोसिएट शाखाका पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन अपील समेत गरिएको छ। साथै, महासंघ केन्द्र र शाखाबाट आह्वान गरिएको धर्नामा सहभागिता र ऐक्यवद्धताका निम्ति महासंघ सञ्चार सम्वद्ध सबै संघसंस्थाहरूलाई समेत आह्वान गर्दछ।
……………
उजिर मगर
महासचिव

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.