फैलिँदै आन्दोलनको आगोः माउन्टेन टिभीका पत्रकारले सुझाए मालिकले याद गर्नुपर्ने ६ कुरा


एभिन्युज र हिमालय टेलिभिजनपछि पत्रकारको आन्दोलनको आगो माउन्टेन टेलिभिजनमा सल्केको छ।

२०७२ असार ५ गते शनिबार नेपाल पत्रकार महासंघ माउन्टेन टेलिभिजन प्रतिष्ठान शाखाले माउन्टेन टिभीको सूचना पाटीमा सूचना टाँसी आन्दोलनका कार्यक्रम, माग र मिडिया मालिकले याद गर्नुपर्ने विषय सार्वजनिक गरेका छन्।

एभिन्युज र हिमालय टिभीमा गत सोमबार अर्थात जेठ ३१ गते धर्ना सुरु गरेका पत्रकारले आफ्ना पाँचवटै माग पुरा गर्न सञ्चालकहरुलाई बाध्य बनाएका थिए। एभिन्युज टेलिभिजनले उही दिन पत्रकारका माग पुरा गरेको थियो भने हिमालय टेलिभिजनले गत बिहीबार माग पुरा गर्ने लिखित सहमति गरेको थियो।

नेपाल पत्रकार महासंघको पाँचौं पूर्ण बैठकका निर्णय लागू गराउन नेपाल पत्रकार महासंघ केन्द्रीय समिति नै फिल्डमा उत्रेपछि एकपछि अर्को टेलिभिजनका पत्रकार आन्दोलित भएका हुन्। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन पत्रकारका मुख्य माग हुन्।

२० वर्ष अघि २०५१ सालमा जारी भएको श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाली मिडियामा पत्रकारको तलब सुविधा ठूलो समस्या बनेको छ।

यसरी बढ्यो माउन्टेनमा द्वन्द्व

कुनै पनि संस्थामा हुने द्वन्द्व खास ठूलो होइन, तर माउन्टेन टेलिभिजनमा पत्रकार-सञ्चालकबीच देखिएको द्वन्द्व एभिन्युज र हिमालय टिभीमा भएको आन्दोलनसँग पनि गाँसिएको छ।

एभिन्युज र हिमालयमा भएका पत्रकारका आन्दोलनका समाचार बजाउन व्यवस्थापनले रोक लगाएपछि जेठ २२ गते त्यहाँका ५२ जना पत्रकारले संयुक्त विज्ञप्ति निकालेका थिए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रवृत्ति नदोहोर्‍याउन पत्रकारले चुनौति दिएका थिए।

आजको विज्ञप्ति पढ्दा सूचना पाटीमा टाँसिएका महासंघका सूचना व्यवस्थापन पक्षले च्यातेर फालेपछि द्वन्द्व झन् चर्केको बुझिन्छ।

एभिन्युज र हिमालयमा पाँच सूत्रीय माग सहित पत्रकारहरुले आन्दोलन थालेका थिए तर माउन्टेन टिभीले ती मागसँगै अर्को माग थपेको छ- सम्पादकीय स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर।

FNJ Nepal Movement Mountain Television Demands


आन्दोलनका कार्यक्रम पनि केही नयाँ छन्, जस्तै हस्ताक्षर अभियान, सिट्टी बजाउने, कालोपट्टी बाँधेर काम गर्ने र धर्ना दिने।

यस्ता छन् आन्दोलनका कार्यक्रमः

FNJ Nepal Movement Mountain Television

एभिन्युज र हिमालयमा भन्दा नयाँ कुरा माउन्टेन टिभीका पत्रकारले टेलिभिजन सञ्चालकलाई ध्यानाकर्षण र चेतावनी दिएका छन्, ‘याद गर’ शीर्षकमा।

त्यहाँका पत्रकारकै शब्दमा मिडिया मालिकले ध्यान दिनुपर्ने ६ विषय यस्ता छन्-

FNJ Nepal Maountain TV

FNJ Nepal Mountain TVमाउन्टेन टिभीको प्रोफाइल

mountain-tvमाउन्टेन टेलिभिजनको सञ्चालक संस्था पद्मा मिडिया नेटवर्क हो। यो संस्थाका कार्यकारी अध्यक्ष राजुप्रसाद कँडेल हुन्।

पद्मा मिडिया नेटवर्कले भक्तिदर्शन नामको अर्को टेलिभिजन पनि सञ्चालन गर्छन्। यो टिभीका अध्यक्ष सरस्वती कँडेल हुन्। राजु र सरस्वती पतिपत्नि हुन्।

आन्दोलनका कार्यक्रममा भक्तिदर्शन टेलिभिजनका पत्रकार/कर्मचारी भने संलग्न छैनन्।

पत्रकार आन्दोलनको पृष्ठभूमि

नेपाल पत्रकार महासंघले जेठ गते भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा बसेको पाँचौ पूर्ण बैठकले विभिन्न निर्णय गर्‍यो। ती मध्ये एउटा थियोः

श्रमजीवी पत्रकारका सन्दर्भमा

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन नयाँ चरणको अभियान सञ्चालन गर्ने। यस क्रममा देखिने गरी उपलब्धि हासिल गर्न २०७२ भदौ महिनाभित्र देशभरका संचार प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक र बक्यौता पारिश्रमिक भुक्तानी कार्यान्वयन गरी सार्वजनिक गर्न कार्ययोजना बनाउन श्रमजीवी पत्रकार ऐन कार्यन्वयन अनुगमन समितिलाई जिम्मा दिने।

समितिले महासंघको सम्बन्धित शाखासँग समन्वय गरी आपसी लबिङ र व्यवस्थापनसँग वार्ता गर्नुका साथै आवश्यक परे सम्बन्धित शाखाबाट निर्णय गराई निश्चित अवधिको अल्टिमेटम दिएर संघर्षका कार्यक्रमसमेत संचालन गर्ने र संघर्षका कार्यक्रम संचालन भएको अवस्थामा केन्द्रीय समितिका अन्य सवै पदाधिकारी, सदस्यले पनि त्यसमा सहभागिता जनाई निश्कर्षमा पुर्‍याउने।

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.