Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
पत्रकार महासंघ प्रतिष्ठान भेलाको ७ बुँदे घोषणा पत्र – Media Kurakani

पत्रकार महासंघ प्रतिष्ठान भेलाको ७ बुँदे घोषणा पत्र


नेपाल पत्रकार महासंघ
प्रतिष्ठान भेला
घोषणा पत्र
१५ असार २०७२, काठमाडौं।

१.नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाको यो भेला प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी नयाँ संविधानको मस्यौदामा गरिएको व्यवस्थाको विरोध गर्दै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुने व्यवस्था गर्न माग गर्दछ।

२.यो भेला संचारमाध्यमका लगानीकर्तालाई पत्रकारको बक्यौता रकम तत्काल चुक्ता गर्न, नियुक्ति पत्र दिन, प्रक्रिया पुरा गरेका सबै पत्रकारलाई स्थायी गरी श्रमजीवी पत्रकार ऐन अनुसारका विदा, वीमा लगायतका सेवा सुविधा उपलब्ध गराउन माग गर्दछ । अन्यथा नेपाल पत्रकार महासंघ पत्रकारमाथि भैरहेको श्रम शोषण विरुद्ध साउन पहिलो हप्तादेखि कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछ।

३. संचारमाध्यमहरुमा सेल्फसेन्सरसीपको अवस्था अन्त्य, सम्पादकीय स्वतन्त्रतता र सम्बन्धित संचार प्रतिष्ठानमा कार्यरतको भौतिक, पेशागत सुरक्षा र स्वतन्त्रताको जगेर्नाका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछ।

४.यो भेला नेपाल पत्रकार महासंघलाई अझ सृदृढ,सक्रिय र व्यवस्थित बनाउन संगठन सुदृढीकरण र शुद्धीकरणम जोड दिन्छ।

५.पत्रकारिता क्षेत्रको प्रतिष्ठा वृद्धिका लागि यो भेला पेशागत मर्यादा कायम गर्ने र आचारसंहिताको पालनामा जोड दिँदै महासंघका सबै सदस्य र पत्रकारलाई पेशागत मयार्दा कायम गर्ने कुरामा विशेष ध्यान दिन अपील गर्दछ।

६.केन्द्रीय समितिले पत्रकारको पेशागत हकहित र पत्रकारिताको हितका लागि चाल्ने हरेक कदममा सक्रिय भूमिका निर्वाह गर्ने यो भेला प्रतिववद्धता व्यक्त गर्दछ।

७.यो भेला भुकम्प पीडित पत्रकारको सहयोगका लागि प्रतिष्ठान शाखाहरुले खेलेको भूमिकाको सराहना गर्दै आगामी दिनमा पनि यस्ता मानवीय र संस्थागत सहयोगमा सक्रियताका साथ लाग्ने प्रतिवद्धता ब्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344