राजधानी दैनिकमा विनियमावली पूर्णरूपमा कार्यान्वयन गर्ने सहमति


Rajdhani

विनियमावली कार्यान्वयन लगायतका माग राखी आन्दोलनरत राजधानी दैनिकका पत्रकार र राजधानी न्युज पब्लिकेशनबीच सहमति भएको छ। पढ्नुस् सहमति पत्रः

सहमति पत्र

आज मिति २०७२ असार १८ गते राजधानी न्यूज पब्लिकेशन प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत आषिश शेरचन व्यवस्थापन पक्ष र नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगर र सचिव ध्रुब लम्सालको रोहवरमा नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष रामसूदन तिमल्सिना नेतृत्व टोलीबीच छलफल भई निम्न बुँदामा सहमति भएको छ।

सहमतिको बुँदा देहायबमोजिमका छन्–

१. श्रमजीवी पत्रकार ऐनलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै २०७२ साउन १ गतेदेखि विनियमावली पूर्णरूपमा कार्यान्वयन गर्ने।

२. पत्रकार, कर्मचारीहरूलाई नियमित तलबको व्यवस्था गर्ने।

३. नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाले २०७१/०८/२३ गते व्यवस्थापन पक्षसँग राखेको १८ बुँदे माग क्रमशः पूरा गर्दै जाने।

४. राजधानी न्युज पब्लिकेशन प्रा.लिमा श्रम सम्बन्धी कुनै समस्या आए तत्काल सम्बोधन गर्न दुबै पक्ष सकरात्मक रहने। महासंघ प्रतिष्ठान शाखाले राखेका आन्दोलन हाललाई स्थगित गर्ने र समयसीमाभित्र सहमतिका कार्य  सम्पन्न भएपछि आन्दोलन स्वतः समाप्त गर्ने।

आषिश शेरचन, प्रमुख कार्यकारी अधिकृत

राजधानी न्यूज पब्लिकेशन प्रा.लि.

उजिर मगर, महासचिव

नेपाल पत्रकार महासंघ

रामसूदन तिमल्सिना, अध्यक्ष

नेपाल पत्रकार महासंघ, राजधानी दैनिक

सम्बन्धित सामग्रीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.