Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
पत्रकार सुमन खरेल बिबिसीबाट बिदा, भन्छन्- ‘नाम कमाएँ, त्यही नै मेरो सन्तुष्टि हो’ – Media Kurakani

पत्रकार सुमन खरेल बिबिसीबाट बिदा, भन्छन्- ‘नाम कमाएँ, त्यही नै मेरो सन्तुष्टि हो’


‘सुमन खरेलबाट समाचार सुन्नुहोस्।’

अबदेखि बिबिसी नेपाली सेवामा पत्रकार सुमन खरेलको यो आवाज सुनिने छैन। उनले बिबिसीमा आफ्नो २३ वर्ष लामो यात्रा आजबाट टुंग्याएका छन्।

उनले अन्तिम दिन अर्थात २०१५ अक्टुबर ३० को कार्यक्रम साँझपखमा सुरुमा विश्वसमाचार पढे, आफ्ना अनुभवहरु बाँडे र अन्तिममा पुनः विश्व समाचार पढेर बिबिसीबाट बिदा भए।

बिबिसीको स्टुडियोमा सुमन खरेल। फोटोः बिबिसी नेपाली सेवा।
बिबिसीको स्टुडियोमा सुमन खरेल। फोटोः बिबिसी नेपाली सेवा।

सन् १९९२ जनवरी २३ तारिखमा लण्डन स्टुडियोबाट समाचार वाचन गरेर बिबिसी यात्रा आरम्भ गरेका सुमन खरेलले बिबिसीबाट अवकाश लिएका छन्। नेपाल फर्कनु अघ‌ि शुक्रबार पौने ९ बजे बिबिसीमा उनले अन्तिम पटक समाचार वाचन गरे र आफ्ना केही अनुभव र सम्झना सुनाए।

उनलाई जितेन्द्र राउतले सोधेका थिए- ‘सुमनजी तपाईँलाई अहिले कस्तो अनुभूति भैरहेको छ?’

लन्डनस्थित बिबिसी स्टुडियोमा रहेका खरेलको जबाफ थियो- ‘एक हिसाबले दुख लागिरहेको छ। २२/२३ वर्ष बसेको घर छोडेर आज फर्किनुपर्दाखेरि। कताकता मनमा अलिकति नियास्रो, अलिकति दुखचाहिँ अवश्य छ।’

रवीन्द्र मिश्र सम्पादक रहेको बिबिसी नेपाली सेवामा खरेल डेस्क सम्पादक थिए।

उनको २०६८ सालमा प्रकाशित ‘रेडियो यात्रा’ पुस्तकमा उनीबारे लेखिएको छ-

बिबिसी विश्व सेवा, लन्डनका डेस्क एडिटर सुमन खरेलले २७ वर्षअघि रेडियो नेपालबाट रेडियो यात्रा सुरु गरेका हुन्। सन् १९९२ मा बिबिसी नेपाली सेवा, लन्डन प्रवेश गरेका उनको आवाज र वाचन शैली धेरैले मन पराउँछन्। उनले स्तरीय रेडियो कार्यक्रम र अन्तर्वार्ता प्रस्तुत गरेका छन्; थुप्रै प्रसारक र पत्रकारहरुलाई तालिम दिएका छन्। गीतकारका रुपमा पनि उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्।

उनी नयाँ यात्राका लागि नेपाल फर्किँदैछन्। पत्रकार खरेलले अब काठमाडौंबाट सञ्चालित बिएफबिएस रेडियोमा समाचार सम्पादकका रुपमा काम गर्नेछन्। छोटकरीमा BFBS Radio भनिने यो रेडियोको पुरा नाम British Forces Broadcasting Services हो। यो ब्रिटिस सेनामा कार्यरत गोर्खा सैनिक र तिनका परिवारका लागि ब्रिटिस सेनाद्वारा सञ्चालित रेडियो हो।

‘मैले जहिले पनि एउटा नाम चाहेको थिएँ जिन्दगीमा’, बिदाइका क्रममा बिबिसी नेपाली सेवाको कार्यक्रममा उनले भने, ‘त्यो नाम मैले रेडियो नेपाल र बिबिसीमा पाएँ। मेरा स्रोताहरुले यति माया दिनुभयो कि म बयान गर्न सक्दिनँ।’

‘यो पेशाबाट के लिएर जाँदै हुनुहुन्छ भनेर कसैले सोध्यो भने तपाईँको जबाफ के हुन्छ?’, बिबिसी नेपालीका जितेन्द्र राउतको प्रश्नमा खरेलले भनेे- मैले मेरो नाम लिएर जाँदैछु। मेरो नाम सुमन खरेल, मेरो पहिचान सञ्चारमाध्यममा स्थापित भएको छ यतिका समयसम्म त्यो नै मेरो सन्तुष्टि हो र मेरो इज्जत प्रतिष्ठा हो र त्यो नै लिएर जाँदै छु।

‘रेडियो यात्रा’ पुस्तकको भूमिकामा उनले लेखेका छन्-

डाक्टर बन्ने सुनौलो अवसरलाई पाखा लगाउँदै २०४१ सालमा त्यसबेलाको एकमात्र प्रसारण संस्था रेडियो नेपालमा प्रवेश गर्दा मलाई थाहा थियो, मैले जीवनमा एउटा ठूलो बाजी खेल्न लागेको छु। तर त्यो किशोर अवस्थामा पनि मलाई केबल एउटा पहिचान चाहिएको थियो, एउटा नाम चाहिएको थियो।

सुन्नुहोस् बिबिसी नेपाली सेवाले उनीसँग उनको अनुभूति, प्राप्ति र भावी यात्राबारे उनीसँग गरेको कुराकानी अडियोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344