८ औं वर्षमा नेपाल रिपब्लिक मिडियाः दोहोरियो टिभी र म्यागेजिन ल्याउने पोहोरकै घोषणा


नेपाल रिपब्लिक मिडिया आठौँ वर्ष प्रवेश गरेको छ। लोकतन्त्र स्थापनाको अवसर पारेर सात वर्षअघि सुरु भएको नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक र शुक्रबार साप्ताहिक प्रकाशन गर्छ। यो संस्थाले समाचार पोर्टलहरु नागरिकन्युज डट कम र माइरिपब्लिका डट कम पनि सञ्चालन गर्छ। साथै यसले इन्टरनेसनल न्युयोर्क टाइम्सलाई रिपब्लिका दैनिकसँगै वितरण गर्छ।

वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष हेमराज ज्ञवाली तथा प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले विशेष केक काटेको नागरिकन्युजले लेखेको छ।

फोटो साभारः दिनेश गाेले
फोटो साभारः दिनेश गाेले

के छन् योजना?

छैटौं वार्षिकोत्सव समारोहमा पोहोर साल नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले एक टेलिभिजन च्यानल र दुई म्यागेजिन स्थापना गर्ने घोषणा गरेका थिए। यस वर्षको कार्यक्रममा ज्ञवालीको छोरी तथा कम्पनीकी नवनियुक्त निर्देशक सम्वृद्धि ज्ञवालीले सोही कुरा बताइन्। ‘कम्पनीले छिटै म्यागेजिक प्रकाशन गर्ने उल्लेख गर्दै उनले टेलिभिजन च्यानलका लागि गृहकार्य भइरहेको जानकारी दिएको’ नागरिकन्युजले लेखेको छ।

प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले ‘सञ्चारका अन्य क्षेत्र र संस्करणमा समेत क्रियाशील हुन आन्तरिक तयारी गरिरहेको’ जनाएका छन्।

Nepal Republic Media 7th
फोटो साभारः दिनेश गोले

उत्कृष्टलाई अवार्ड

नागरिक दैनिकका लाहान सम्वाददाता मिथिलेश यादव, रिपब्लिका अंग्रेजी दैनिकका अशोक दाहाल, शुक्रबार साप्ताहिकका अमर जिसी, रेभिन्यु विभागका सुरेश सत्याल र वितरणका ऋषिराम चुँडालीलाई उत्कृष्ट अवार्ड दिइएको नागरिकले जनाएको छ।


७ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘अबको बाटो‘ शीर्षकको प्रकाशकीयमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले ‘असजिलो परिस्थितिमा सञ्चारमाध्यमको भूमिका अझ सशक्त र जिम्मेवार हुनुपर्ने यथार्थ मनन गर्दै अघि बढिरहेको’ जनाएका छन्।

प्रकाशकीयमा उल्लेख छ-

मुलुकको धिमा आर्थिक गतिविधि र सुस्त विकासले समग्रमा पत्रकारिताको विकासमा समेत अवरोध गर्दै आएको छ। पत्रकारिताले उचाइ लिन पनि मुलुकमा चौतर्फी आर्थिक गतिविधि अघि बढ्नै पर्छ। पत्रकारिताको धर्म निर्वाह गर्न र सुसूचित जनमानस निर्माणका निम्ति हामीले आफूलाई सजग राखेका छौं। मुलुक र नागरिकको सर्वोपरि हितमा हाम्रा प्रकाशन सदैव तत्पर र क्रियाशील छन्।

७ औँ वार्षिकोत्सवको अवसरमा नागरिक दैनिक र रिपब्लिका दैनिकले विशेषांक प्रकाशित गरेका छन्। नागरिक दैनिकले भूकम्प विशेष स्मृति कम्पन, पुनर्जीवन, पुनर्जागरण र पुनर्निर्माण शीर्षकमा वार्षिकोत्सव विशेष सामग्री प्रकाशित गरेको छ।


nagarik-bises

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.