Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
राष्ट्रपतिको कार्यक्रममा पत्रकारलाई ड्रेस कोड? ‘मर्यादित पोशाक’ को बहस – Media Kurakani

राष्ट्रपतिको कार्यक्रममा पत्रकारलाई ड्रेस कोड? ‘मर्यादित पोशाक’ को बहस


२०७४ जेठ २२ गते राष्ट्रपति कार्यालयले सूचना विभागलाई पत्र लेख्यो र भन्यो- ‘राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीहरूलाई अनिवार्य रुपमा तोकिएको मर्यादित पोशाकमा खटाई पठाउने व्यवस्था गर्नू।‘

२९७४ असार २ गते सूचना विभागले मिडियाहरूलाई पत्र पठाएर ‘सोहीअनुसार गर्न/गराउन’ निर्देशन दियो। पढ्नुस् राष्ट्रपति कार्यालय र सूचना विभागको पत्र

Journalists pose for a photograph with President Bidya Devi Bhandari during a meeting at the Sheetal Niwas in Kathmandu on Thursday, January 28, 2016. Photo: RSS

सूचना विभागले ‘राष्ट्रपति सहभागी हुने सार्वजनिक समारोहमा रिपोर्टिङका लागि जाने पत्रकारलाई ‘अनिवार्य रुपमा तोकिएको मर्यादित पोशाकमा खटाई पठाउने व्यवस्था गर्न/गराउन’ सरकारले उर्दी जारी गरेपछि कतिपयले प्रश्न उठाएका छन्- मर्यादित पोशाक भनेको के हो?

‘अमर्यादितै पोशाक लगाएर त को पत्रकार जालान् र हो सार्वजनिक समारोहमा। दौरा सुरुवालै लगाएर आओस् भन्ने चाहेको भए मोही माग्ने ढुङ्ग्री लुकाउने किन? सिधै भनिदिए हुने।’ माइसंसारले टिप्पणी गरेको छ।

ट्‍विटरमा मर्यादित बहसको बहस यस्तो थियोः

 


कतिपयले के मर्यादित र के अमर्यादित भन्ने कुरा व्यक्तिको विवेकको कुरा भएकोले सरकारले निर्देशन दिनु उचित नभएको विचार राखेका छन्।


नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले मर्यादित पोशाकको उर्दी जारी गरेर राष्ट्रपति करा्यालय दरवार हुन खोजेको टिप्पणी गरेका छन्।


सोसल मिडियामा मर्यादित पोशाकको बहस के हो भन्ने प्रश्न उठेपछि त्यसको जवाफ दिनेहरू पनि छन्।


कतिपयले भने पत्रकारलाई प्रश्न गर्दै पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344