पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित, कुन पदमा कसले जिते? पूरा विवरण


नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

आचार्यले ७३२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे। आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुन्।

भदौ ४ र ५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको नेपाल पत्रकार महासंघको महाधिवेशनमा १५१५ केन्द्रीय सभासद मध्ये १४४९ ले मतदान गरेका थिए।

पदाधिकारीहरूमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनका संयुक्त समूह विजयी भएको छ। केही सदस्यहरूमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ।

निर्वाचित पदाधिकारीहरूमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र हुनुहुन्छ । यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएका छन्।

भूगोलतर्फ केन्द्रीय सदस्यमा प्रदेश नम्बर १ बाट सटेन्द्र जबेगु र उद्धव तिमिल्सिना प्रदेश नम्बर २ बाट देवराम यादव र शैलेन्द्र झा, प्रदेश नम्बर ३ बाट द्वारिका काफ्ले, कृष्ण गिरी, प्रदेश नम्बर ४ बाट रामकृष्ण ज्ञवाली र नवीन कुइँकेल, प्रदेश नम्बर ५ बाट बसन्त गिरी र पुरुषोत्तम सुवेदी, प्रदेश नम्बर ६ बाट कलेन्द्र सेजवाल, पूर्णप्रसाद चौलागाईं, प्रदेश नम्बर ७ बाट मीन बम तथा बराबर मत ल्याई आधा/आधा कार्यकालका लागि उत्तर विष्ट र श्याम भट्ट विजयी भएका छन्। यस्तै काठमाडौं उपत्यकाको केन्द्रीय सदस्यमा गोविन्द चौलागाई र लेखनाथ न्यौपाने, प्रतिष्ठानमा टीकाराम प्रधान र यम बिरही विजयी भए।

खुल्ला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही नकुल अर्याल, लक्ष्मण कार्की, हरिहर सि