Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
सुरु भएको दुई महिनामै बन्द भयो ‘जनता पोस्ट’ दैनिक – Media Kurakani

सुरु भएको दुई महिनामै बन्द भयो ‘जनता पोस्ट’ दैनिक


प्रकाशन सुरु भएको छोटो समयमै ‘जनता पोस्ट’ दैनिक बन्द भएको छ। माघ १ गतेदेखि प्रकाशन आरम्भ भएको जनता पोस्ट दुई महिनामै बन्द भएको हो।

सम्पादक नारायण अमृतको नेतृत्वमा प्रकाशन आरम्भ भएको यो पत्रिकाको प्रकाशन संस्था जनता पब्लिकेसन प्रालिमा पर्यटन व्यवसायी तेन्जी शेर्पा अध्यक्ष छन् भने प्रबन्ध निर्देशक पासाङ शेर्पा छन्। प्रमुख कार्यकारी अधिकृत हरिप्रकाश गौचन छन्।

दैनिक पत्रिकासहित समाचार पोर्टल जनतापोस्ट डेली डट कम लिएर मिडिया बजारमा उत्रेको यो समूह दुई महिनामै धरासायी भएको हो।

बन्द हुनुको कारण नखुले पनि लगानीकर्ताबीचको द्वन्द्व मूल कारण रहेको त्यहा कार्यरत पत्रकारहरूले बताएका छन्। अधिकांश पत्रकारले तलब पाउन समेत बाँकी रहेको पत्रकारहरूको भनाई छ।

औपचारिक रुपमा प्रकाशन आरम्भ गर्नुअघि जनता पोस्टले तीनवटा नमूना अंक पनि प्रकाशन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344