Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
यो मुद्दा गोपाल पराजुलीविरुद्ध मात्र हो ? कान्तिपुरको पूर्वाग्रही हेडलाइन – Media Kurakani

यो मुद्दा गोपाल पराजुलीविरुद्ध मात्र हो ? कान्तिपुरको पूर्वाग्रही हेडलाइन


कान्तिपुर दैनिकको अनलाइन संस्करणले बुधबार निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा समाचार पोस्ट गर्‍यो। कृष्ण आचार्यको बाइलाइनको यही समाचार बिहीबार कान्तिपुर दैनिकमा भने बिना बाइलाइन पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा प्रकाशित छ।

दुबै समाचारको लिडमा लेखिएको छ-

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताहरु हेममणि सुवेदी तथा नारायण खरेलले पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको हो।

हेडलाइनमा भन्छ- गोपाल पराजुलीविरुद्ध रिट दर्ता, समाचारको लिडमा भन्छ- गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरुविरुद्ध रिट दर्ता। मिल्यो त कुरो ?

खासमा यो मुद्दा को विरुद्ध हो त ?

यो प्रश्नको जवाफमा जानुअघि खासमा यो मुद्दा हो के भन्ने चर्चा गरौँ।

अधिवक्ताद्वय हेममणि सुवेदी र नारायण खरेलले राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको पद तथा गपनीयताको सपथ संविधान विपरीत रहेको दावीसहित पुनः शपथको माग गर्दै २०७४ चैत १४ गते बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

अधिवक्ताद्वयले गत साता नै दर्ता गर्न खोजे पनि मुख्य रजिस्ट्रारले चैत ६ गते निवेदन दरपीठ गरिदिएका थिए। दरपीठविरुद्ध परेको निवेदनमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले रिट निवेदन अस्वीकृत नगर्न रजिष्ट्रारलाई चैत १३ गते मंगलबार आदेश दियो। ‘यस विषयलाई न्यायिक सुनुवाई प्रक्रियामा समावेश हुन नदिनु उचित हुँदैन’ आदेशमा भनिएको छ, ‘कुनै कानुनी आधार तथा उचित र पर्याप्त कारण नै नखुलाई निवेदन दरपीठ गर्ने मुख्य रजिष्ट्रारको आदेश बेरीतको देखिदा बदर गरिएको छ ।’

उक्त आदेशको भोलिपल्ट रिट निवेदन दर्ता भयो। निवेदनमाथिको प्रारम्भिक सुनुवाई बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियो जसलाई सर्वोच्चको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ।

अब को को छन् विपक्षी भन्ने चर्चा गरौँ।

अधिवक्ताद्वय सुवेदी र खरेलको निवेदनमा ६ जनालाई विपक्षी बनाइएको छ। राष्ट्रपति (विद्यादेवी भण्डारी) सहित प्रधानमन्त्री (केपी शर्मा ओली), सभामुख (कृष्णबहादुर महरा), राष्ट्रियसभा अध्यक्ष (गणेश प्रसाद तिमिल्सिना), अवकाशप्राप्त पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, प्रतिनिधिसभामा विपक्षी दलका नेता (शेरबहादुर देउवा) र न्यायापरिषद् सचिवालयलाई विपक्षी बनाएर उक्त निवेदन दर्ता भएको हो।

अर्थात्, यो मुद्दा यी सबै ६ जना विरुद्ध हो। तर कान्तिपुर हेडलाइन लेख्छ- निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट

यो मुद्दा गोपाल पराजुली विरुद्ध पनि हो। तर गोपाल पराजुलीविरुद्ध मात्र होइन। यो पराजुलीसहित ६ जना विरुद्ध हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको सपथको वैधानिकतामा प्रश्न उठाउँदै दायर मुद्दाको समाचारमा कान्तिपुरले किन गोपाल पराजुलीविरुद्ध मात्र मुद्दा दर्ता भए झैँ हेडलाइन राखेको होला ? यो कान्तिपुरको गोपाल पराजुलीविरुद्ध पूर्वाग्रह होइन भने के हो ?


पराजुली प्रकरणमा मिडिया कुराकानीको मनिटरिङ : 


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344