Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
अन्‍नपूर्ण पोस्ट्को प्रधान सम्पादकमा हरिबहादुर थापा, सम्पादक गौतमको राजीनामा – Media Kurakani

अन्‍नपूर्ण पोस्ट्को प्रधान सम्पादकमा हरिबहादुर थापा, सम्पादक गौतमको राजीनामा


अन्‍नपूर्ण पोस्ट् दैनिकको प्रधान सम्पादकमा पत्रकार हरिबहादुर थापा नियुक्त भएका छन्। अन्‍नपूर्ण पोस्ट्को प्रकाशन संस्था नेपाल न्युज नेटवर्क इन्टरनेसनलले २०७५ साउन १७ गतेदेखि लागू हुनेगरी थापालाई प्रधान सम्पादक नियुक्त गरेको हो।

प्रधान सम्पादकमा थापाको नियुक्तिसँगै अन्‍नपूर्ण पोस्ट्का सम्पादक राजाराम गौतमले राजीनामा दिएका छन्। २०७४ साउन ६ गते तत्कालीन प्रधान सम्पादक युवराज घिमिरेले राजीनामा दिएपछि साउन ८ गतेदेखि गौतम अन्‍नपूर्ण पोस्ट्को सम्पादक नियुक्त भएका थिए।

त्यसअघि उनी ‘अन्‍नपूर्ण टुडे’ साप्ताहिक म्यागेजिन (हाल बन्द) को सम्पादक थिए। म्यागेजिनमा सम्पादक हुनुपूर्व गौतम अन्‍नपूर्ण मिडिया नेटवर्ककै रेडियो अन्‍नपूर्ण नेपालको स्टेसन म्यानेजर थिए।

को हुन् नवनियुक्त प्रधान सम्पादक थापा ?

नवनियुक्त प्रधान सम्पादक थापालाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान सम्पादक गौतम। फोटोः AnnapurnaPost.com

कान्तिपुर दैनिकको सम्पादक रहेका हरिबहादुर थापाले कान्तिपुरमा नारायण वाग्ले प्रधान सम्पादक नियुक्त भएलगत्तै राजीनामा दिएका थिए।२०४९ फागुन ७ गते कान्तिपुर प्रकाशनको पूर्वतयारीकै क्रममा थापा मंसिर ४ गतेदेखि कान्तिपुरमा आबद्ध भएका थिए।

पछिल्लोपटक समाचार सम्पादक रहेका थापालाई कान्तिपुरले गत फागुनमा सम्पादकमा बढुवा गरेको थियो। पढ्नुस्ः २५ औं वार्षिकोत्सव अघि कान्तिपुरमा महत्वपूर्ण परिवर्तन

हालै प्रधान सम्पादक सुधीर शर्माले कान्तिपुरबाट राजीनामा दिएपनि थापाले कामलाई निरन्तरता दिएका थिए। तर नारायण वाग्लेलाई कान्तिपुरको प्रधान सम्पादक बनाइएपछि उनले राजीनामा दिएका थिए।

अढाई दशकदेखि पत्रकारितामा संलग्न थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरुद्ध कलम चलाउँछन्।

रिपोर्टरदेखि सम्पादकसम्मको यात्रामा थापाले आधा दर्जन पुस्तक प्रकाशन गरेका छन्। उनका ‘रजगज’, ‘भ्रष्टाचारको शल्यक्रिया’, ‘विदेशी सहायताका विसंगति’, ‘राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र’ र ‘दलीय द्वन्द्व’ तथा अंग्रेजीमा ‘एनाटोमी अप करप्सन’ कृति प्रकाशित छन्।

थापा संसदीय मामिला पत्रकार समाजका पूर्व अध्यक्ष समेत हुन्।

सम्वाददाताका रुपमा काम सुरु गरेका थापा कान्तिपुरमा लामो समय ‘सकेन्ड म्यान’ रहे। र, समाचार कक्षको मूल नेतृत्व (प्रधान सम्पादक/फर्स्ट म्यान) को अवसर भने उनलाई अन्नपूर्णमा जुरेको छ।

‘कम्प्लिट मिडिया हाउस’

स्वागत कार्यक्रममा वायाँबाट क्रमशः ग्रुप सम्पादक विजयकुमार, अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नवनियुक्त प्रधान सम्पादक हरिबहादुर थापा र निवर्तमान सम्पादक राजाराम गौतम। फोटोः AnnapurnaPost.com

प्रधान सम्पादक थापालाईस स्वागत गर्दै अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ‘अन्‍नपूर्ण पोस्ट् पूर्ण मिडिया हाउस भइसकेकाले उनको कार्यकालमा अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरेको अन्‍नपूर्णले समाचार लेखेको छ।

‘मिडिया हाउस कम्पनी मात्रै होइन, जिम्मेवारीपूर्वक काम गर्नुपर्ने दायित्व छ। अन्‍नपूर्ण विभिन्न प्रोडक्टसहित ‘कम्प्लिट मिडिया हाउस’ भएको छ’, अध्यक्ष थापालाई उद्‍धृत गर्दै समाचारमा भनिएको छ, ‘अब अन्‍नपूर्णसँग जनताका अपेक्षा पनि छन्। दुई छिमेकी र संसारले पनि ठूलो अपेक्षा गरेको छ। नयाँ प्रधान सम्पादकको नेतृत्वमा चुनौती सामना गर्दै नयाँ उचाईमा पुग्नेछौँ।’

नवनियुक्त प्रधान सम्पादक थापाले ‘इमानका साथ काम गरेको …. कारण अन्‍नपूर्ण पोस्ट्मा काम गर्ने अवसर मिलेको बताएको समाचारमा उल्लेख छ। ‘हामीले व्यवसायिक रूपमा काम गर्नुपर्छ, एकआपसमा सहकार्य जरुरी छ, भेदभाव रिसराग नराखी अगाडि बढेमा हामी सफल हुन्छौँ’, थापाले भनेका छन्, ‘छापा पत्रकारिताको चुनौती ‘न्यू मिडिया’ पनि हो। हामीले खोजी पत्रकारिता गर्न सकेमा मात्रै यसको साख बचाउन सक्छौँ।’

हरेक वर्ष एउटा पत्रिका हराउँदै…

प्रधान सम्पादकको स्वागत कार्यक्रममा अन्‍नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजय कुमारले ‘नेपाली बजारबाट हरेक वर्ष एउटा दैनिक पत्रिका हराउँदै गएकाले यस्ता चुनौती सामना गर्न तयार हुनुपर्ने बताएका’ थिए।

‘आगामी दिनमा पत्रकारिता र पत्रकारको संस्कार बदलिएन भने हामीले यस क्षेत्रका चुनौती सामना गर्न सक्दैनौँ’, उनले भनेका छन्, ‘हरेक वर्ष एउटा दैनिक हराउँदै छ। पत्रकारिताको संस्कार नसुधार्ने हो भने गाह्रो हुन्छ। हाम्रो मुख्य कुरा के हो भन्ने थाहा पाउनुपर्छ।’

विजयकुमार नेटवर्कअन्तर्गतका सबै मिडिया हेर्नेगरी २०७४ असोज २६ गते अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक नियुक्त भएका थिए।

एक वर्ष अन्‍नपूर्ण पोस्ट्को सम्पादकीय नेतृत्व गरी बाहिरिएका राजाराम गौतमले आफ्नो कार्यकालमा पत्रिकाले नयाँ उचाई लिएको बताए।

‘जहाँ बस्दा पनि मेरो पहिलो समर्पण संस्था नै हो। पत्रकारितामा समाजिक उत्तरदायित्व जोडिएर आएको हुन्छ’, निवर्तमान सम्पादक गौतमले भने, ‘साढे तीन वर्षअघि अन्‍नपूर्ण मिडिया नेटवर्कसँग जोडिएको प्रोफेसनल करिअर आज टुंगिएको छ। मेरो कार्यकालमा अन्‍नपूर्ण पोस्ट्ले नयाँ उचाई लिएको व्यवस्थापनले पनि महसुस गरेको छ।’

अनलाइनको सम्पादकमा विकास थापा

अनलाइनका नवनियुक्त सम्पादक विकास थापालाई स्वागत गर्दै एएमएनका अध्यक्ष क्याप्टेन रामेश्वर थापा। फोटोः AnnapurnaPost.com

अन्‍नपूर्ण पोस्ट् दैनिकको समाचार सम्पादक विकास थापा अन्‍नपूर्ण पोस्ट् डट कमको सम्पादक नियुक्त भएका छन्।

अन्‍नपूर्ण मिडिया नेटवर्कअन्तर्गत नेपाल न्युज नेटवर्क इन्टरनेसनले अन्‍नपूर्ण पोस्ट् प्रकाशन गर्छ। हाल यो हाउस अन्तर्गत अन्‍नपूर्ण पोस्ट् दैनिकसहित अन्‍नपूर्ण एक्सप्रेस अंग्रेजी साप्ताहिक, रेडियो अन्‍नपूर्ण नेपाल, एपीवन टेलिभिजन र अन्‍नपूर्ण पोस्ट डट कम सञ्चालित छन्।

पहिला न्युज मिडिया प्रालि (हिमालयन टाइम्स अंग्रेजी दैनिक समेत प्रकाशन गर्न‍े) ले प्रकाशन गर्दै आएको अन्‍नपूर्ण पोस्ट् २०७० बैशाख १० गतेदेखि नयाँ व्यवस्थापनअन्तर्गत प्रकाशन हुन थालेको थियो। क्याप्टेन थापा नेतृत्वको नेपाल न्युज नेटवर्क इन्टरनेसनल (थ्रीएनआइ) ले २०६९ सालमा अन्नपूर्ण पोष्ट किनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344