Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
Media Kurakani – Page 2 – Media Kurakani

गोपाल पराजुलीको ‘जरो उखेल्ने’ समाचारको जरो भेटिएन

अदालतको अवहेलना भर्सेस प्रेस स्वतन्त्रताको रुप लिँदै न्यायालयलाई नै चरम विवादमा तानेको प्रधानन्यायाधीश गोपाल पराजुली (अब निवर्तमान) को पदावधि विवादको च्याप्‍टर अब त बन्द होला भनेको, अहँ ! यो त अझै लम्बिने पो देखियो। उमेरहदका कारण २०७४ साउन २१ मै ‘पदावधि सकिएका’ पराजुलीले ७ पहिनापछि २०७४ फागुन ३० मा मात्र…


गज्‍जब #Breaking : ‘पदमुक्त’ प्रधानन्यायाधीशद्वारा राष्‍ट्रपतिको सपथ

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे निरन्तर समाचार लेखिरहेको कान्तिपुर दैनिकको अनलाइन संस्करणमा मंगलबार दिउसो नै समाचार आइसकेको थियो- विवादित प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिले शपथ लिने कि नलिने ? विवादित प्रधानन्यायधीशबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ लिने कि नलिने भनेर कान्तिपुर र अन्नपूर्ण पोस्टले बुधबार महत्वका साथ प्रथम पृष्ठमा समाचार छापेका थिए। अरु मिडियाले भने…


चोलेन्द्र श्रीमानको बोलीमा कान्तिपुरको लोली : 'प्रधान न्यायाधीश पराजुली पदमुक्त भइसके'

बारको विज्ञप्‍ति कान्तिपुरमा ब्ल्याकआउट ! प्रधान न्यायाधीश पदमुक्त भइसकेकै हुन् ? २०७४ फागुन २८ गते सोमबार सर्वोच्च अदालतमा डा. गोविन्द केसी र कान्तिपुर पब्लिकेशन प्रालि विरुद्ध अदालतको अवहेलनासम्बन्धी अलगअलग मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको वृहत् पूर्ण इजलासमा सुनुवाई हुने तय थियो। प्रधान न्यायाधीश पराजुली, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्र शमेशेर जबरा, दीपककुमार…


सर्वोच्च अदालतमा पनि दुर्घटना : चोलेन्द्र श्रीमानको ‘आदेश’ ले अवहेलना मुद्दामा नयाँ ट्‍विस्ट

मुलुकमा आज दुई ठूला दुर्घटना भए। सरकारी समाचार संस्था राससका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अपराह्न भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने घाइते २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सबैजसो अनलाइन, टेलिभिजन र रेडियोमामा यो दुखद् दुर्घटना प्रमुख समाचार छ। भोलिका पत्रपत्रिकामा पनि यो दुर्घटना…


पराजुलीमय कान्तिपुर : बाइलाइन फरक, समाचार हुबहु !  

‘कान्तिपुर दैनिक’ र ‘नेपाल साप्ताहिक’ दुबै कान्तिपुर मिडिया ग्रुपकै पत्रिका भएकोले यी दुईमा उस्तै सामग्री छापिनु अस्वभाविक होइन। तर आआफ्ना सम्पादकीय टिम, पाठक र स्वाद भएका यी दुई पत्रिकामा आइतबार फरक फरक बाइलाइनमा छापिएका दुई समाचारमा उल्लेख गरेका ‘तथ्य’ र विषय भने हुबहु छन्। कान्तिपुरविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा आइतबार…


अमेरिकी न्यायाधीशको महाभियोगबारे कान्तिपुरको फ्रन्टपेज समाचारमा गलत तथ्य

२०७४ फागुन १८ गते शुक्रबार कान्तिपुरको प्रथम पृष्ठमा मुख्य समाचार छापिएको थियो- ‘प्रेसमाथिको सेन्सरसिप : के हो अवहेलना’ शीर्षकमा। प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीका फरक फरक जन्ममिति भेटिएको लगायतका विषयमा निरन्तर समाचार लेखिरहेको कान्तिपुरले शुक्रबार अदालतमा बयान दिन जानुअघि ‘अवहेलना के हो’ भन्ने विषयमा समाचार प्रकाशित गरेको थियो। (शुक्रबारको बयान भने…


प्रधान न्यायाधीश VS कान्तिपुर : प्रेस काउन्सिलको ‘जरुरी अपील’ मा ३ अलमल

प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेर विवाद, त्यसबारे कान्तिपुरले गरिरहेको कभरेज, कान्तिपुरलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गाली बेइज्जती मुद्दा, आफूसँग जोडिएको मुद्दामा प्रधान न्यायाधीश गोपाल पराजुली आफैले दिएको आदेश, त्यसमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरूको वक्तव्य/प्रतिक्रियाको सिलसिलामै मिडिया अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले पनि मुख खोलेको छ। तर अलि अस्पष्ट रुपमा। यो…


सुमार्गीको गाली बेइज्जती मुद्दामा कान्तिपुरले यस्तो दियो जवाफ

कान्तिपुर मिडिया ग्रुप (कान्तिपुर पब्लिकेसन्स प्रालि) ले आफ्नो गाली बेइज्जती गरेको भन्दै व्यवसायी अजेयराज सुमार्गीले दायर गरेको गाली बेइज्जती मुद्दाको जवाफ दिँदै कान्तिपुरले ‘गाली बेइज्जती हुने गरी कुनै समाचार प्रकाशन नगरेको’ जिकिर गरेको छ। कान्तिपुरले सुमार्गीद्वारा दायर गाली बेइज्जती मुद्दा खारेज गर्न पनि माग गरेको छ। सुमार्गीले कान्तिपुर पब्लिकेसन्स प्रालि,…


२५ औं वार्षिकोत्सव अघि कान्तिपुरमा महत्वपूर्ण परिवर्तन

फागुन ७ गते २५ औँ वार्षिकोत्सव मनाउन लागेको कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले समाचार कक्षमा महत्वपूर्ण परिवर्तनहरू गरेको छ। कतिपय पत्रकारको बढुवा भएको छ भने कतिलाई स्थानान्तरणसहित नयाँ जिम्मेवारी दिइएको छ। कसैको भने पद गएको छ। सम्पादकीय विभागलाई समेत मुलुकको संघीय संरचनाअनुसार परिवर्तन गरिएको छ भने हरेक ब्युरोमा सम्पादक तोकिएका…


बीबीसी मिडिया एक्सनको कार्यक्रम ‘साझा सवाल’ बन्द

बीबीसी मिडिया एक्सन (पहिले बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) को बहसमूलक साप्‍ताहिक कार्यक्रम ‘साझा सवाल’ बन्द भएको छ। १० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’ को अन्तिम कार्यक्रम पनि विराटनगरमै गएर सकिएको हो। पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने…


कान्तिपुर र सुमार्गी द्वन्द्वमा उपेन्द्र महतोको के हो कनेक्सन ?

कान्तिपुरले लुकाएका उद्यमीको नाम खुल्यो माथिको फोटो कसको हो चिन्नुहुन्छ ? पक्कै चिन्नुहुन्छ। चिन्नुहुन्न ?  हामी चिनाउँछौँ। त्यसअघि हामीले यस विषयमा प्रष्ट भन्दै आएको विषय पुनः दोहोर्‍याउँ। सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानीबापत् ल्याएको तथा ल्याउन लागेको रकम अवैध नै हो वा उनले कानुन मिचेका छन् भने उनलाई दोषी करार गरेर सजाय…


कुसमाचार भेटियो ? अब अनलाइनबाटै गर्नुस् उजुरी

यहाँ कुसमाचार भन्नाले पत्रकार आचारसंहिता विपरीतका समाचार वा झूठा समाचारहरूलाई भन्न खोजिएको हो। कुनै समाचारबारे उजुरी गर्न अब तपाईँ प्रेस काउन्सिल नेपालको कार्यालयसम्म पुग्नुपर्दैन। प्रेस काउन्सिलले अनलाइन उजुरी प्रणाली सुरु गरेसँगै अब जुनसुकै स्थानबाट समाचार सामग्रीबारे उजुरी गर्न सहज भएको हो। प्रधानन्यायाधीश गोपाल पराजुलीले काउन्सिल कार्यालय सञ्चारग्राममा आइतबार अनलाइन उजुरी…


कान्तिपुरको सुमार्गी मोह : ओलीलाई तेस्रो पेज, पम्फालाई पहिलो ?

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्यान्डबाट एक साता लामो नियमित स्वास्थ्य परीक्षण गरी बिहीबार (हिजो) देश फर्किए। “नियमित स्वास्थ्य परीक्षण हो, उपचार होइन मैले त्यतिबेला पनि भनेको थिएँ।“ त्रिभुवन विमानस्थलमा पत्रकारसँग ओलीले भने, “स्वास्थ्य ठिक रहेको सबै परीक्षणहरूबाट देखियो। सोमबार फर्किने कार्यक्रम थियो तर परीक्षणहरू लम्बिए।…


सुमार्गीलाई ‘कारबाही’ गर्न कान्तिपुरको लबिइङ

कान्तिपुर मिडिया ग्रुपले उद्योगपति अजेयराज सुमार्गीलाई कारबाही गर्न लबिइङ गरेको छ। सुमार्गीलाई ‘जोगाउन’ सम्पत्ति शुद्धिकरण विभागमाथि ‘राजनीतिक शक्ति विशेषको तीब्र दवाव’ रहेको दावी कान्तिपुरले गरेको छ। कान्तिपुरले मिडिया दुरुपयोग गरी ब्ल्याकमेल गरेको आरोप लगाउँदै आफूबारे छापिएका समाचारको सुमार्गीले खण्डन गरेपछि कान्तिपुर मिडिया ग्रुपले प्रत्युत्तरमा मंगलबार वक्तव्य (समाचार/सम्पादकीय/प्रकाशकीय होइन) निकालेको हो। सुमार्गीलाई उच्च…


‘कान्तिपुरको ब्ल्याकमेल : पत्रकारिता जगतको कालो धब्बा’

कान्तिपुर र सिरोहियाविरुद्ध सुमार्गी पुस १२ : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिउ ज्यान सुरक्षाको निवेदन पुस २३ : जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर। माघ १ : पत्रकार सम्मेलन ‘म र म आवद्ध कम्पनीहरूविरुद्ध एक सञ्चार गृहले निरन्तर भ्रामक समाचार सम्प्रेषण गर्दै आएकोमा मेरो व्यवसाय सम्बन्धी सत्यतथ्य जानकारी गराउन…


‘जनता पोस्ट’ दैनिकको प्रकाशन आरम्भ

‘जनता पोस्ट’ दैनिकको प्रकाशन सुरु भएको छ। माघ १ गते सोमबारदेखि प्रकाशन सुरु भएको जनता पोस्ट दैनिकका सम्पादक नारायण अमृत छन्। लामो समयदेखि कान्तिपुर मिडिया ग्रुपसँग आबद्ध नारायण जनता पोस्ट दैनिकमा सम्पादक हुनुअघि नेपालखबर डट कमको सम्पादक थिए। पर्यटन व्यवसायी तेन्जी शेर्पा अध्यक्ष रहेको जनता पब्लिकेसन प्रालिले यो दैनिक पत्रिका…


न्यु योर्क टाइम्सका ३७ वर्षीय नयाँ प्रकाशकको नोट

न्यु योर्क टाइम्सका पूर्व मालिक एडोल्फ अक्सका खनाति ३७ वर्षीय एजी सुल्जबर्गरले टाइम्सको नयाँ प्रकाशकको जिम्मेवारी सम्हालेका छन्। प्रकाशकको जिम्मेवारी सम्हालेपछि उनले पत्रिकाको प्रकाशकीयमार्फत आफ्ना सपनाहरू सार्वजनिक गरेका छन्। आफ्ना पूर्वजले कसरी टाइम्स किने र हालसम्मको पत्रकारिता अभ्यासमा टाइम्सले के पायो ? रविराज बरालले टाइम्सको उक्त प्रकाशकीयको भावानुवाद गरेका छन्। मेरा पूर्वज…


अनलाइनखबरमा कसरी छिर्‍यो क्रिप्‍टोकरेन्सी ?

सुरुमै प्रष्ट पारिहालौँ, यो सामग्री ‘क्रिप्‍टोकरेन्सी’ का बारेमा होइन। यद्यपि क्रिप्‍टोकरेन्सीका बारेमा जिज्ञासा छ भने तपाईँ टेलिग्राफको यो लेख वा क्याम्ब्रिज विश्वविद्यालयले यही वर्ष गरेको एउटा अनुसन्धानको प्रतिवेदन पढ्न सक्नुहुन्छ। यो वेबसाइटले पनि तपाईँलाई क्रिप्‍टोकरेन्सीका बारेमा बुझाउँछ। गुगलमा Crypto Currency लेखेर सर्च गर्नुभयो भने यसबारे हजारौँ पेजहरू भेट्नुहुनेछ। जमाना कस्तो आयो भने…


पत्रकारले आँखा र दिमागको उपचार गर्न ढिला नगर्नुस् ! क्या छ विज्ञापन

केही पत्रपत्रिकामा छापिएको एउटा विज्ञापनले आज बडो ध्यान खिच्यो। ‘एमबीबीएस प्रवेश परीक्षा : अनियमितता, आरोप र अनिर्णय’ शीर्षक राखेर छापिएको यो विज्ञापनमा पत्रकार र मिडियालाई गर्नु गाली गरिएको छ। के हो विज्ञापन? केही समयअघि प्रश्नपत्र किनबेच भएर रोकिएको भनिएको एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षाको नतिजासँग विज्ञापन सम्बन्धित छ। उक्त प्रकरणमा आफ्नो संस्था…


अलमलमा अनलाइन : अनलाइन पत्रकारिताको दुई दशक

उमेश श्रेष्ठ – १८ वर्षअघि नेपालको समाचार थाहा पाउन पाठकसँग एकमात्र अनलाइन विकल्प थियो, ‘नेपाल न्युज डट कम’ । हाल बन्द भइसकेको यही वेबसाइटमा सरकारी गोरखापत्र र राइजिङ नेपालदेखि निजी पत्रिका कान्तिपुर र काठमाडौं पोस्ट अनि नाम चलेका सबै साप्ताहिक पत्रिका यसैमा पढ्न पाइन्थे । त्यसो त नेपाल न्युजले आफैंले समाचार पनि…



Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344