घटस्थापनाकै दिन सुरु भए १० मिडिया

घटस्थापना (कात्तिक १) को दिन पारेर सुरु भएका अनलाइनहरूलाई बिहानै शुभकामना दिइयो । सुरुको सूचीमा थिए- इकागज डट कम र नेपालवाच डट कम ।  तर दिन ढल्दै जाँदा सूची लामै भयो । साँझसम्म आइपुग्दा ८ वटा समाचार पोर्टल र दुईवटा टेलिभिजन एकैदिन सुरु भएको भेटियो ।


एउटा जीवन्त जर्नलका २५ वर्ष

सन् १९९२ को सेप्टेम्बर । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) तथा युनिभर्सिटी अफ सिड्नीको मानवशास्त्र विभागको संयुक्त आयोजनामा काठमाडौँको बज्र होटलमा एउटा सम्मेलन भइरहेको थियो । दर्शकदीर्घामा रहेका माधवलाल महर्जन मञ्चमा चलिरहेका प्राज्ञिक बहस सुनिरहेका थिए । उनले काठमाडौँमा मण्डला बुक प्वाइन्ट सञ्चालन गरेको भर्खर चार वर्ष…


सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण

तपाईँको त कुरै छाडौँ । फेसबुकमा तपाईँले लेखेको कुराले यसका सञ्चालक मार्क जुकरबर्गसमेत जेल पर्न सक्छन् । हालै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छन्, जसले तपाईँलाई जुनसुकै बेला जेल पुर्‍याउन सक्छ ।


बालुवाटारमा लिइएको पत्रकारिताको हुर्मत

जब नागरिकसम्म आफ्ना कुरा पुर्‍याउन सरकारसँग सरकारी र निजीसहित यत्तिका मिडिया छन्, यी मिडियामा काम गर्ने यत्तिका पत्रकार छन्, तब सरकार सञ्चालन गर्ने दललाई आफूप्रति प्रतिबद्ध पत्रकारहरूको अलगै समूह किन चाहिन्छ ?


प्रधानमन्त्रीको ट्‍वीटले जन्माएको जवाफदेहिताको प्रश्न

प्रधानमन्त्री सचिवालयले हालसम्म प्रमको ट्‍वीटर ‘ह्‍याक’ भएको भनेको छैन । केबल पासवर्ड दुरुपयोग भएको आशंकामात्र भनेको छ । पासवर्ड दुरुपयोग कसरी भयो ? कसले गर्‍यो ? सम्भवतः प्रहरी अनुसन्धानको विषय यही हो ।


सम्बोधन ‘तिमी’ लाई…

अहिले नेपाली समाज र सामाजिक सन्जाल हेर्यौँज भने सभ्यताका पर्खाल भ्वाङभुङ भत्काइएको छ । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैन । तिमीभन्दा माथि उठ्दैन । यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ र अर्काको एउटा ‘यू’ भन्ने शब्द लोभ लागेर बालाई तपाईं भन्न गाह्रो…


काँकडभिट्टामा सवालहरूको सम्मेलन

तिमी चिन्दैनौ कोही जो कोही किताबमा छैन रे ऊ त्यही मान्छे हो बरै तिम्रो हिसाबमा छैन रे.. सीमावर्ती सहर काँकडभिट्टामा हरेक दुई वर्षमा हुँदै आएको कला साहित्य उत्सवको चौथो संस्करणमा यो गीत ‘कर्टेन रेजर’ थियो। कवि संगीत श्रोताले लेखेको र गायक अञ्जानबाबु, सौरभ एन्ड कम्पनीले गाएको यो गीतबाट उत्सवको पर्दा…


ओलीराजको अस्त्र आतंक

खगेन्द्र संग्रौला – पशुपति शर्माको ‘लुट्न सके लुट्’ बोलको गीत झल्ला गीत हो। त्यसमा न कुनै वैचारिक गम्भीरता छ, न कलात्मक हिसाबले त्यो गतिलो छ। त्यस्तो झल्ला गीतमाथि त्यो स्तरमा प्रतिक्रिया हुनु भनेको डब्बल झल्लागिरी हो। ओली सरकारले त्यही गर्‍यो। सरकारका कुनै मन्त्रीले केहीभन्दा मलाई अन्यथा लाग्दैन। तर, प्रधानमन्त्री जब…


पड्किन सक्छ ‘हाइड्रोजन बम’

प्रसिद्ध लेखक खगेन्द्र संग्रौला नागरिक अब आ–आफूले चलाउने सामाजिक सञ्जाल दर्ता गर्न सरकारी अड्डा पुग्नुपर्ने रहेछ कि भन्ने शंकामा छन्। किनभने, सरकारले सूचना–प्रविधि क्षेत्रको नियमन गर्न भन्दै संघीय संसद्मा दर्ता गराएको एउटा विधेयकको भाषा र भाव यस्तै छ।


विधेयक पारित भए अभिव्यक्ति स्वतन्त्रता साँघुरिने खतरा

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुवै सदनबाट हुबहु पारित भए अभिव्यक्ति स्वतन्त्रता झन् कुण्ठित हुने देखिएको छ। ‘दफा ४७’ ले चर्चित बनेको विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने गरी ल्याइएको यो विधेयकमा उक्त दफाभन्दा पनि संकुचित प्रावधान राखिएका छन्।