प्रेस काउन्सिललाई कान्तिपुरले पढायो आचारसंहिताको पाठ, सोध्यो तीन प्रश्न

वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युबारे ईकान्तिपुर डट कमले प्रकाशित गरेको एउटा समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल र कान्तिपुरबीच द्वन्द्व चर्किएको छ। उक्त समाचारबारे तीन दिनभित्र स्पष्टिकरण पेश गर्न काउन्सिलले पठाएको पत्रको जवाफ दिँदै कान्तिपुरले ‘अनावश्यक झन्झट दिने मनसायबाट स्पष्टीकरण सोधिएको’ आरोप लगाएको छ। काउन्सिलबारे केही समयअघि कान्तिपुरमा छापिएको एउटा…


शंकाको भरमा २० वर्ष कैदः कसरी खोजियो समाचार ?

रूपन्देहीमा बसेर १५ वर्षदेखि पत्रकारिता गरिरहेको मलाई ‘शंकाको भरमा २० वर्ष कैद’ भन्ने खोजमूलक समाचारले राजधानीमा समेत चर्चामा ल्याइदियो। दुई पटक मकवानपुर, दुई पटक रूपन्देही र एक पटक तम्घास पुगेर यो समाचार तयार गर्न पूरापूर चार महीना लागेको थियो। मुकेश पोखरेल– २०७२ पुसको अन्तिम साता खोज पत्रकारिता केन्द्र (खोपके) का…


पत्रकारको न्यूनतम पारिश्रमिकमा मिडिया सञ्चालकको रोइकराइ, यस्ता छन् पाँच तर्क

मिडिया सञ्चालकहरुका तीनवटा संस्थाले सरकारले निर्णय गरेबमोजिम पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न अनिच्छा देखाएका छन्। मिडिया सोसाइटी नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र रेडियो ब्रोडकास्टर्स फोरमले बैशाख २४ गते विज्ञप्ति निकालेर न्यूनतम पारिश्रमिक लागू गर्ने सरकारको निर्णयबाट आफूहरु आश्चर्यमा परेको जनाएका छन्। कान्तिपुर दैनिकले यो समाचारलाई शनिबार पहिलो पृष्ठमा छापेको…


दीक्षित पक्राउ प्रकरणः कान्तिपुरले खोज्यो ‘चित्तबुझ्दो जबाफ’, अख्तियार आक्रोशित 

पत्रकार समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित पक्राउबारे प्रकाशित सम्पादकीयको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुर दैनिकको कडा आलोचना गरेको छ। अन्य मिडियामा आएका सामग्रीको विषयमा समेत अख्तियारले आक्रोश व्यक्त गरेको छ। दीक्षितलाई पक्राउ गरिएको विषयमा सञ्चारमाध्यममा भैरहेका टिकाटिप्पणीप्रति आक्रोश व्यक्त गर्दै अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले सोमबार पाँच…


माछो माछो भ्यागुतो हुँदै छ ‘१९ हजार ५००’, यस्ता छन् कारण

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ वर्षदेखि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनमा उल्लिखित पत्रकारका सेवा सुविधाहरु कार्यान्वयनमा ल्याउने बताएका थिए। तर प्रस्तावित न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ लागू हुनेमा शंका देखिएको छ। बैशाखको पहिलो साता जान लागिसक्दा पनि समितिले सिफारिस गरेको प्रतिवेदन सञ्चारमन्त्री राईले मन्त्रिपरिषद् बैठकमा…


चाबी बुझाउँछौँ भन्ने मिडिया मालिकको यसरी गरे पत्रकारले प्रतिवाद

न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कार्यान्वयन नगर्न सरकारलाई दबाब दिइरहेका मिडिया सञ्चालक र नेपाल पत्रकार महासंघका प्रतिनिधिबीच गत चैत २६ गते शुक्रबार सिंहदरबारमा बाझाबाझ भयो। सञ्चार मन्त्रालय श्रोतका अनुसार १९ हजार ५०० लागू गरे मिडिया उद्योग धरासायी हुने मिडिया सञ्चालकहरुले तर्क गरेपछि…


‘१९ हजार ५००’ मिडिया मालिकले नमान्ने, भन्छन्- कि बजेट देउ, नत्र चाबी लेउ

श्रमजीवी पत्रकारको प्रस्तावित न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कुनै पनि हालतमा नमान्ने मिडिया सञ्चालकहरुले घोषणा गरेका छन्। न्युनतम पारिश्रमिक निर्धारण समितिले प्रस्ताव गरेको न्युनतम पारिश्रमिक अहिलेकै अवस्थामा लागू गरेमा सरकारलाई मिडियाको चाबी बुझाउने चेतावनी पनि उनीहरुले दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयमा गत शुक्रबार सरकारले न्युनतम पारिश्रमिक निर्धारण समिति,…


समाचार छाप्न पैसा? पत्रकारितालाई व्यंग्य

नयनराज पाण्डेको कोसेलीमा प्रकाशित रिट शीर्षकको कथामा पत्रकारको प्रशंग पनि उल्लेख छ। फिल्मी पत्रिकाका केही सम्पादक र रिपोर्टरहरूलाई सिनेमाको नियमित समाचार छाप्नका लागि पैसा पनि बाँडिसकिएको थियो। एउटा साप्ताहिकमा निर्माताको अन्तर्वार्ता पनि प्रकाशित भइसकेको थियो। एकजना पत्रकारले समाचारको ठेक्का लिएका थिए। सिनेमाको समाचारका लागि यसरी ठेक्का दिने चलन अहिलेजस्तो त्यतिबेला…


पत्रकारको क्या प्रश्न ! मन्त्रीको क्या जबाफ ! लौ सुन्नुस् !

पत्रकारको काम नै प्रश्न गर्ने हो। हरेक पत्रकारका प्रश्न सोध्ने आआफ्नै तरिका हुन्छन् भने जबाफ दिनेका पनि आआफ्नै खुबी। पत्रकार नारायण वाग्लेको कुरा मान्ने हो भने एउटा पत्रकार तबसम्म पत्रकार भइरहनसक्छ जबसम्म उसँग प्रश्न गर्ने अधिकार रहन्छ। उनी भन्छन्, ‘प्रश्न गर्ने अधिकार रहेसम्म म पत्रकार हुन्छु। प्रश्नप्रतिको प्रेमले नै पत्रकार…


अख्तियार VS कान्तिपुरः यस्तो छ ट्विटर प्रतिक्रिया

कान्तिपुर दैनिकको सम्पादकीयलाई पीत पत्रकारिताको संज्ञा दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विज्ञप्ति निकालेपछि अख्तियारले आफ्नो सीमा नाघेको चर्चा हुँदैछ। कान्तिपुरको सम्पादकीयलाई ‘भ्रामक र दुराशयपूर्ण’ भन्दै उसले भनेको छ- ‘कान्तिपुरको पीत पत्रकारिताको आयोग भत्सर्ना गर्दछ।’ यसबारे विस्तृत सामग्री कान्तिपुरमाथि अख्तियारको आक्रमण, कसले भुल्यो भूमिका? अख्तियारले वा कान्तिपुरले? मा छ। अख्तियारको…