घटस्थापनाकै दिन सुरु भए १० मिडिया

घटस्थापना (कात्तिक १) को दिन पारेर सुरु भएका अनलाइनहरूलाई बिहानै शुभकामना दिइयो । सुरुको सूचीमा थिए- इकागज डट कम र नेपालवाच डट कम ।  तर दिन ढल्दै जाँदा सूची लामै भयो । साँझसम्म आइपुग्दा ८ वटा समाचार पोर्टल र दुईवटा टेलिभिजन एकैदिन सुरु भएको भेटियो ।


मिडिया सञ्‍चालकको संस्था फुट्यो, नवगठित ‘मिडिया एलाइन्स’ का ३० उद्देश्य यस्ता छन्

मिडिया सञ्चालकहरूले नयाँ संस्था गठन गरेका छन् । नयाँ संस्था ‘मिडिया एलाइन्स नेपाल’ गठनसँगै मिडिया सञ्चालकहरूको छाता संस्था भनिने नेपाल मिडिया सोसाइटी विभाजित भएको छ । यसअघि सोसाइटीमा रहेकासहित अन्य मिडिया सञ्चालकहरूले असोज ७ गते नयाँ संस्था गठन गरेका हुन् । एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार नवगठित संस्थाको अध्यक्ष चुनिएका…


बालुवाटारमा लिइएको पत्रकारिताको हुर्मत

जब नागरिकसम्म आफ्ना कुरा पुर्‍याउन सरकारसँग सरकारी र निजीसहित यत्तिका मिडिया छन्, यी मिडियामा काम गर्ने यत्तिका पत्रकार छन्, तब सरकार सञ्चालन गर्ने दललाई आफूप्रति प्रतिबद्ध पत्रकारहरूको अलगै समूह किन चाहिन्छ ?


सम्बोधन ‘तिमी’ लाई…

अहिले नेपाली समाज र सामाजिक सन्जाल हेर्यौँज भने सभ्यताका पर्खाल भ्वाङभुङ भत्काइएको छ । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाईं भन्दैन । तिमीभन्दा माथि उठ्दैन । यो एउटा ट्रेन्ड हो । किनभने अंग्रेजीको ‘यू’ र अर्काको एउटा ‘यू’ भन्ने शब्द लोभ लागेर बालाई तपाईं भन्न गाह्रो…


विधेयक पारित भए अभिव्यक्ति स्वतन्त्रता साँघुरिने खतरा

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुवै सदनबाट हुबहु पारित भए अभिव्यक्ति स्वतन्त्रता झन् कुण्ठित हुने देखिएको छ। ‘दफा ४७’ ले चर्चित बनेको विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने गरी ल्याइएको यो विधेयकमा उक्त दफाभन्दा पनि संकुचित प्रावधान राखिएका छन्।


मिडिया सोसाइटीको ठहर : ‘न्यूनतम पारिश्रमिक वृद्धि- प्रेस स्वतन्त्रतामाथिको तरबार’

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्न मिडिया सञ्‍चालकहरूको माग मिडिया सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटीले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई ‘असान्दर्भिक र औचित्यहीन’ भन्दै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन समितिले गरेको सिफारिस लागू नगर्न सरकारलाई चेतावनी दिएको छ। तलब बढाउन गरिएको सिफारिसलाई उसले ‘वाहियात’ भनेको छ। न्यूनतम पारिश्रमिक निर्धारण समिति ‘राजनीतिक…


पत्रकारको न्यूनतम तलब बढाउन सिफारिस, कसको कति बढ्ने भयो ?

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानहरूमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलबमान सिफारिस गर्ने निर्णय गरेको छ। भदौ २४ र २५ गते दुई दिन सम्म काठमाडौंमा सम्पन्न समिति बैठकले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिकमा करिब ५० प्रतिशतको हाराहारीमा वृद्धि गरी नयाँ तलवमान सिफारिस गर्ने…


नयाँ डिजाइनमा अनलाइनखबर : के छन् नयाँ फिचर ?

गत शनिबारदेखि अनलाइनखबरले आफ्नो डिजाइन परिवर्तन गरेको छ। स्थापनादेखि नै वर्डप्रेस सिस्टममा बनेको यो समाचार पोर्टलमा नयाँ थिम एक्टिभेसनसँगै फिचरहरूमा केही परिवर्तन देखिएको छ। देब्रेतिर लोगो र दाहिनेतिर विज्ञापन राखिएको हेडरमा कुनै परिवर्तन गरिएको छैन। तर हेडरमा गाढा निलो रङको मेनुबारलाई नयाँ डिजाइनमा चहकिलो बनाइएको छ। पहिलेको होम आइकन हटाएर…


नयाँ मुलुकी ऐनबाट किन सशंकित छ प्रेस ? यी हुन् प्रेस डराएका प्रावधान

भदौ १ देखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ का कतिपय प्रावधानले प्रेस स्वतन्त्रता उपयोग संकुचन गर्ने जोखिम बढाएको टिप्पणी भइरहेको छ। नेपाल पत्रकार महासंघले त त्यसविरुद्ध आन्दोलन नै गर्ने घोषणा गरिसकेको छ। मूलधारका मिडिया, पत्रकार र मिडिया सम्बद्ध संघसंस्था पनि यसको विपक्षमा उभिएका छन्। आखिर के छ मुलुकी…


‘काठमान्डू पोष्‍ट’ का नयाँ प्रधान सम्पादक अनुप काफ्लेलाई चिन्‍नुस्

‘काठमान्डू पोष्ट’ अंग्रेजी दैनिकको प्रधान सम्पादकमा पत्रकार अनुप काफ्ले नियुक्त भएका छन्। प्रधान सम्पादक अखिलेश उपाध्यायले गत असार २७ गते राजीनामा दिएपछि नेतृत्वविहीन भएको काठमान्डू पोष्टले २७ दिनपछि प्रधान सम्पादक पाएको हो। राजीनामा दिएपनि आज (२०७५ साल साउन २२ गते) सम्मको काठमान्डू पोष्ट उपाध्यायकै नाममा छापिएको छ। भारतको ‘टाइम्स ग्रुप’ (Bennett…