प्रधानमन्त्रीको ट्‍वीटले जन्माएको जवाफदेहिताको प्रश्न

प्रधानमन्त्री सचिवालयले हालसम्म प्रमको ट्‍वीटर ‘ह्‍याक’ भएको भनेको छैन । केबल पासवर्ड दुरुपयोग भएको आशंकामात्र भनेको छ । पासवर्ड दुरुपयोग कसरी भयो ? कसले गर्‍यो ? सम्भवतः प्रहरी अनुसन्धानको विषय यही हो ।


विवादास्पद चर्चले चलाउने पत्रिकासँग ‘नागरिक/रिपब्लिका’ को सम्बन्ध !

नेपाल रिपब्लिक मिडियाको समाचार पोर्टल नागरिकन्युज डट कम र अंग्रेजी पोर्टल माइरिपब्लिका डट कममा सोमबार प्रकाशित समाचारअनुसार जापानको पत्रिका ‘सेकाई निप्पो’ र नेपाल रिपब्लिक मिडियाबीच भगिनी सम्बन्ध कायम भएको छ। ‘जापानमा आयोजित विशेष समारोहमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र सेकाई निप्पोका अध्यक्ष मासाहिरो कुरोकीले भगिनी सम्बन्ध स्थापनाको पत्रमा हस्ताक्षर…


‘६१ अर्ब’ को फन्डामा नयाँ पत्रिकाको फरक प्रस्तुति

प्रधानन्यायाधीश गोपाल पराजुली (हाल निवर्तमान) का फरक फरक जन्ममितिका कारण उब्जेको पदावधि विवाद चर्केका बेला कतिपय मिडियामा फरक खालको रिपोर्टिङ आयो। तर विषय उही। हिमालखबर म्यागेजिनमा (अनलाइनमा पोस्ट भएअनुसार फागुन १३ गते) सर्वोच्चको आदेशले मालामाल बन्दै व्यवसायी, टक्टकिंदै राजस्व शीर्षकमा समाचार छापियो। यस्तै फागुन २२ गते कान्तिपुर दैनिकमा अन्तरिम आदेशबाट ६१…


गोपाल पराजुलीको ‘जरो उखेल्ने’ समाचारको जरो भेटिएन

अदालतको अवहेलना भर्सेस प्रेस स्वतन्त्रताको रुप लिँदै न्यायालयलाई नै चरम विवादमा तानेको प्रधानन्यायाधीश गोपाल पराजुली (अब निवर्तमान) को पदावधि विवादको च्याप्‍टर अब त बन्द होला भनेको, अहँ ! यो त अझै लम्बिने पो देखियो। उमेरहदका कारण २०७४ साउन २१ मै ‘पदावधि सकिएका’ पराजुलीले ७ पहिनापछि २०७४ फागुन ३० मा मात्र…


सर्वोच्च अदालतमा पनि दुर्घटना : चोलेन्द्र श्रीमानको ‘आदेश’ ले अवहेलना मुद्दामा नयाँ ट्‍विस्ट

मुलुकमा आज दुई ठूला दुर्घटना भए। सरकारी समाचार संस्था राससका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अपराह्न भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने घाइते २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सबैजसो अनलाइन, टेलिभिजन र रेडियोमामा यो दुखद् दुर्घटना प्रमुख समाचार छ। भोलिका पत्रपत्रिकामा पनि यो दुर्घटना…


पराजुलीमय कान्तिपुर : बाइलाइन फरक, समाचार हुबहु !  

‘कान्तिपुर दैनिक’ र ‘नेपाल साप्ताहिक’ दुबै कान्तिपुर मिडिया ग्रुपकै पत्रिका भएकोले यी दुईमा उस्तै सामग्री छापिनु अस्वभाविक होइन। तर आआफ्ना सम्पादकीय टिम, पाठक र स्वाद भएका यी दुई पत्रिकामा आइतबार फरक फरक बाइलाइनमा छापिएका दुई समाचारमा उल्लेख गरेका ‘तथ्य’ र विषय भने हुबहु छन्। कान्तिपुरविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा आइतबार…


सुमार्गीको धन : कान्तिपुर आक्रामक, अरु मिडिया किन मौन?

२०७४ माघ १२ : पछिल्लो दिनमा ‘कान्तिपुर’ ले फलोअप गरिरहेको एउटा विषयमा नेपालका अन्य मिडियाको आश्चर्यजनक मौनता देखियो। कान्तिपुरको ‘समाचार प्रभाव’ कै कारण उद्योगी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन लागेको अर्बौँ रुपैयाँका सम्बन्धमा छानबिन गर्नका लागि समिति गठन गर्न सरकार ‘बाध्य’ भइसक्दा पनि कान्तिपुर बाहेकका मिडियाका लागि यो समाचार बनेको…


पत्रकारले आँखा र दिमागको उपचार गर्न ढिला नगर्नुस् ! क्या छ विज्ञापन

केही पत्रपत्रिकामा छापिएको एउटा विज्ञापनले आज बडो ध्यान खिच्यो। ‘एमबीबीएस प्रवेश परीक्षा : अनियमितता, आरोप र अनिर्णय’ शीर्षक राखेर छापिएको यो विज्ञापनमा पत्रकार र मिडियालाई गर्नु गाली गरिएको छ। के हो विज्ञापन? केही समयअघि प्रश्नपत्र किनबेच भएर रोकिएको भनिएको एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षाको नतिजासँग विज्ञापन सम्बन्धित छ। उक्त प्रकरणमा आफ्नो संस्था…


देशान्तर साप्‍ताहिकका २ समाचारको चिरफार : न पत्रकार मर्यादामा, न निर्वाचन आयोग नै

निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिकका प्रधान सम्पादकलाई समाचारको तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित हुन आदेश दिएपछि क्षेत्राधिकार नाघेको भन्दै आयोगको आलोचना भएको छ। नेपाल पत्रकार महासंघसहितका पत्रकारसम्बद्ध संघसंगठनहरूले पत्रकारलाई समाचारको तथ्य प्रमाणसहित उपस्थित हुन आयोगले अदालतको शैलीमा दिएको आदेशको विरोध गरेका छन्। नेपाल पत्रकार महासंघले ‘प्रकाशित वा प्रसारित समाचारको विषयमा…


विज्ञापन ल्याउने समाचारपत्रको काइदा, यसरी झुक्यायो पाठकलाई

नेपाल समाचारपत्र दैनिकले भदौ १७ गते शुक्रबार पहिलो पृष्ठमा निकै महत्वका साथ एउटा समाचार छाप्यो- खबरदार, फस्नुहोला नि! शीर्षकमा। समाचारमा भनिएको छ- ‘राजधानीमा जारी नाडा अटो सोको फाइदा उठाउँदै भारतमा समेत अस्वीकृत भएको ड्याट्सन गो गाडी नेपालमा बिक्री गर्ने प्रयास भैरहेको छ।’ समाचारमा ‘जापनी कम्पनी निसानले उत्पादन गरेको भनी प्रचार…