जुनियर रिपोर्टर र सम्पादक हुँदै मिडिया उद्यमी

२०४७/४८ सालतिर उनी गार्मेन्ट उद्योग खोल्ने योजनामा थिए । टिममा कुरा नमिलेर योजना अलपत्र परेको वेला सुने, काठमाडौं पोस्ट् शुरु हुन लागेको छ र योगेश उपाध्यायले सम्पादकीय जिम्मेवारी लिएका छन् । ‘तिमी किन पत्रकार बन्न चाहन्छौ, अंग्रेजीमा लेखेर ल्याऊ,’ थापाथलीमा सम्पादक उपाध्यायले भनेको सम्झँदै प्रतीक प्रधान भन्छन्, ‘त्यस्तो निबन्ध त के लेख्नु…