नेपालको अदालत, मिडिया र नागरिक समाजको निष्पक्षता गायब भएको छ : युवराज घिमिरेको अन्तर्वार्ता #Video

के गोपाल पराजुलीलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका हुन् ? प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘जन्ममिति/नागरिकता विवाद’, त्यसमाथि नेपाली मिडियाको कभरेज, कान्तिपुर पब्लिकेसन्स प्रालिविरुद्धको अदालतको अवहेलना मुद्दा र त्यसको सुनुवाई हुँदाहुँदै प्रधान न्यायाधीश पराजुलीको बर्खास्ती। अदालतको अवहेलना वा प्रेस स्वतन्त्रताको हनन ? राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाका वक्तव्यबाजी। कुटनीतिक नियोगको पनि चासो। विभाजित मिडिया…


नयाँ पत्रिकाको यो समाचार अख्तियारले लेखाएको हो र?

कनकमणि दीक्षित प्रकाशक रहेको हिमालखबरको अनलाइन संस्करणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सर्वोच्च अदालत र कनकमणि दीक्षितविरुद्ध भ्रामक समाचार फैलाएको’ आरोप लगाएको छ। उसले घुमाउरो पाराले नयाँ पत्रिकामा छापिएको एउटा समाचार अख्तियारको स्वार्थ अनुसार आएको दाबी गरेको छ। पृष्ठभूमि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार तथा प्रकाशक समेत रहेका साझा यातायातका अध्यक्ष…


अख्तियारद्वारा कनकमणि दीक्षित पक्राउ, यस्ता छन् उनीमाथिका चार आरोप

पत्रकार तथा प्रकाशक समेत रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अख्तियारले पक्राउ गरेको छ। अख्तियारको निर्देशनमा ललितपुर प्रहरी परिसरबाट खटिएको टोलीले दीक्षितलाई पाटनढोकाबाट नियन्त्रणमा लिएको हो। नियुक्ति हुँदाको बखतदेखि लोकमान सिंह कार्कीको विरोधमा दिएको अभिव्यक्तिका कारण पूर्वाग्रही भएर आफूलाई पक्राउ गरिएको दीक्षितले कान्तिपुरसँग बताएका छन्। हिमालखबरका अनुसार अख्तियारले नियन्त्रणमा लिंदै…