‘काठमान्डू पोष्‍ट’ का नयाँ प्रधान सम्पादक अनुप काफ्लेलाई चिन्‍नुस्

‘काठमान्डू पोष्ट’ अंग्रेजी दैनिकको प्रधान सम्पादकमा पत्रकार अनुप काफ्ले नियुक्त भएका छन्। प्रधान सम्पादक अखिलेश उपाध्यायले गत असार २७ गते राजीनामा दिएपछि नेतृत्वविहीन भएको काठमान्डू पोष्टले २७ दिनपछि प्रधान सम्पादक पाएको हो। राजीनामा दिएपनि आज (२०७५ साल साउन २२ गते) सम्मको काठमान्डू पोष्ट उपाध्यायकै नाममा छापिएको छ। भारतको ‘टाइम्स ग्रुप’ (Bennett…


१० वर्षपछि कान्तिपुरमा नारायण वाग्लेको ‘कमब्याक’

के छन् चुनौती ? कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘कान्तिपुर दैनिक’ को प्रधान सम्पादकमा पत्रकार नारायण वाग्लेलाई नियुक्त गरेको छ। प्रधान सम्पादक पदबाट सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरी उक्त पदमा केएमजीले कान्तिपुरकै पूर्व सम्पादक वाग्लेलाई नियुक्त गरेको हो। नारायणलाई कान्तिपुर दैनिकसहित ‘नेपाल’ म्यागेजिनको पनि प्रधान सम्पादकको जिम्मेवारी दिइएको छ।…


संकटमा कान्तिपुर : प्रधान सम्पादकहरू सुधीर र अखिलेशले किन दिए एकैपटक राजीनामा ?

सम्पादकहरूको राजीनामाको खास कारण नखुल्ने हाम्रो मिडिया वृत्तमा पुनः एकपटक प्रश्न उठेको छ- मुलुकको सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका दुई पत्रिकाको एक दशक नेतृत्व गरेका प्रधान सम्पादकहरूले अचानक किन राजीनामा दिए ? मिडिया बजारको करिब एक साता लामो हल्लालाई सही साबित गर्दे अन्ततः मुलुकको ठूलो मिडिया हाउस ‘कान्तिपुर…


समाचारमा प्रशस्त मिसावट हुन्छ, जसको असर पाठकको दिमागमा पर्छ: ध्रुवहरि अधिकारीको अन्तर्वार्ता

‘सम्पादकले तलबका लागि पत्रकारितालाई तिलाञ्‍जलि दिए’ २००९ सालमा ओखलढुंगामा जन्मेका ध्रुवहरि अधिकारीले पत्रकारितामा ४० वर्ष बिताइसकेका छन्। गोरखापत्र, रोयटर्स, बीबीसी, न्यू योर्क टाइम्स, टाइम म्यागेजिन लगायत राष्ट्रिय/अन्तर्राष्‍ट्रिय समाचार संस्थामा विभिन्न भूमिकामा रहेर उनले काम गरेका छन्। लामो समय नेपाल प्रेस इन्स्टिच्युटमा पत्रकारिता पढाएका अधिकारी हाल समाचार पोर्टल लोकान्तर डट कमका…


यो मुद्दा गोपाल पराजुलीविरुद्ध मात्र हो ? कान्तिपुरको पूर्वाग्रही हेडलाइन

कान्तिपुर दैनिकको अनलाइन संस्करणले बुधबार निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा समाचार पोस्ट गर्‍यो। कृष्ण आचार्यको बाइलाइनको यही समाचार बिहीबार कान्तिपुर दैनिकमा भने बिना बाइलाइन पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा प्रकाशित छ। दुबै समाचारको लिडमा लेखिएको छ- निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताहरु हेममणि सुवेदी तथा…


गोपाल पराजुलीको ‘जरो उखेल्ने’ समाचारको जरो भेटिएन

अदालतको अवहेलना भर्सेस प्रेस स्वतन्त्रताको रुप लिँदै न्यायालयलाई नै चरम विवादमा तानेको प्रधानन्यायाधीश गोपाल पराजुली (अब निवर्तमान) को पदावधि विवादको च्याप्‍टर अब त बन्द होला भनेको, अहँ ! यो त अझै लम्बिने पो देखियो। उमेरहदका कारण २०७४ साउन २१ मै ‘पदावधि सकिएका’ पराजुलीले ७ पहिनापछि २०७४ फागुन ३० मा मात्र…


चोलेन्द्र श्रीमानको बोलीमा कान्तिपुरको लोली : 'प्रधान न्यायाधीश पराजुली पदमुक्त भइसके'

बारको विज्ञप्‍ति कान्तिपुरमा ब्ल्याकआउट ! प्रधान न्यायाधीश पदमुक्त भइसकेकै हुन् ? २०७४ फागुन २८ गते सोमबार सर्वोच्च अदालतमा डा. गोविन्द केसी र कान्तिपुर पब्लिकेशन प्रालि विरुद्ध अदालतको अवहेलनासम्बन्धी अलगअलग मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको वृहत् पूर्ण इजलासमा सुनुवाई हुने तय थियो। प्रधान न्यायाधीश पराजुली, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्र शमेशेर जबरा, दीपककुमार…


पराजुलीमय कान्तिपुर : बाइलाइन फरक, समाचार हुबहु !  

‘कान्तिपुर दैनिक’ र ‘नेपाल साप्ताहिक’ दुबै कान्तिपुर मिडिया ग्रुपकै पत्रिका भएकोले यी दुईमा उस्तै सामग्री छापिनु अस्वभाविक होइन। तर आआफ्ना सम्पादकीय टिम, पाठक र स्वाद भएका यी दुई पत्रिकामा आइतबार फरक फरक बाइलाइनमा छापिएका दुई समाचारमा उल्लेख गरेका ‘तथ्य’ र विषय भने हुबहु छन्। कान्तिपुरविरुद्ध दायर अदालतको अवहेलना मुद्दामा आइतबार…


अमेरिकी न्यायाधीशको महाभियोगबारे कान्तिपुरको फ्रन्टपेज समाचारमा गलत तथ्य

२०७४ फागुन १८ गते शुक्रबार कान्तिपुरको प्रथम पृष्ठमा मुख्य समाचार छापिएको थियो- ‘प्रेसमाथिको सेन्सरसिप : के हो अवहेलना’ शीर्षकमा। प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीका फरक फरक जन्ममिति भेटिएको लगायतका विषयमा निरन्तर समाचार लेखिरहेको कान्तिपुरले शुक्रबार अदालतमा बयान दिन जानुअघि ‘अवहेलना के हो’ भन्ने विषयमा समाचार प्रकाशित गरेको थियो। (शुक्रबारको बयान भने…


प्रधान न्यायाधीश VS कान्तिपुर : प्रेस काउन्सिलको ‘जरुरी अपील’ मा ३ अलमल

प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेर विवाद, त्यसबारे कान्तिपुरले गरिरहेको कभरेज, कान्तिपुरलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर गाली बेइज्जती मुद्दा, आफूसँग जोडिएको मुद्दामा प्रधान न्यायाधीश गोपाल पराजुली आफैले दिएको आदेश, त्यसमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरूको वक्तव्य/प्रतिक्रियाको सिलसिलामै मिडिया अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले पनि मुख खोलेको छ। तर अलि अस्पष्ट रुपमा। यो…