सूचना तथा सञ्चार मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार मन्त्री मोहनबहादर बस्नेतले शुक्रबार मन्त्रालयको आगामी कार्यदिशा तथा कार्यक्रम कार्यान्वयनको ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्। के छ कार्ययोजनामा? पढ्नुस् मुख्य बुँदा स्पष्ट जिम्मेवारी र समयावधि सहितको कार्ययोजना बनाएर कार्यान्वयन…
सरकारले विभिन्न सञ्चारमाध्यम र सञ्चार सम्बद्ध संघसंस्थाहरूलाई डेढ करोड रुपैयाँभन्दा बढी रकम बाँडेको छ। पहिलो लिस्टमा ३३५ वटा पत्रपत्रिकाका छन् भने दोस्रो लिस्टमा ५७ वटा सञ्चार सम्बद्ध संघसंस्थाहरू। पहिलो लिस्टका रहेका ३३५ पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन शीर्षकमा रकम पाएका हुन् भने दोस्रो लिस्टका संघसंगठनहरूले आर्थिक अनुदान पाएका हुन्। २३५ पत्रपत्रिकाका प्रकाशन…
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ वर्षदेखि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनमा उल्लिखित पत्रकारका सेवा सुविधाहरु कार्यान्वयनमा ल्याउने बताएका थिए। तर प्रस्तावित न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ लागू हुनेमा शंका देखिएको छ। बैशाखको पहिलो साता जान लागिसक्दा पनि समितिले सिफारिस गरेको प्रतिवेदन सञ्चारमन्त्री राईले मन्त्रिपरिषद् बैठकमा…
मैले थाहा पाएसम्म एभिन्युज टेलिभिजनको इजाजत रद्द भएको समाचार सबैभन्दा पहिला नेपालसन्देश डट कमले लेखेको थियो। समाचारको शीर्षक थियो- एभिन्युजको लाइसेन्स रद्द भएपछि भाष्कर रुँदै बालुवाटार। भाष्कर रुँदै गएका थिए/थिएनन् कि भाष्कर जानुन्, कि समाचार लेख्ने पत्रकार। समाचार सही/गलत के थियो भन्ने यो लेखको उद्देश्य पनि होइन। त्यसो त टेलिभिजनको…