प्रेस सङ्ग्रहालय स्थापना गर्दै प्रेस काउन्सिल

तपाईँसँग ऐतिहासिक महत्त्वका पुराना रेडियो सेट, टेलिभिजन सेट वा टेलिफोन सेट छन् ? सञ्चारको विकासक्रम दर्शाउने पत्रपत्रिका वा सञ्चारसामग्री छन् ? टाइपराइटर वा तस्बिर छन् ? छन् भने ती प्रेस सङ्ग्रहालयका लागि उपयुक्त हुन सक्छन् ।  तपाईँ त्यस्ता ऐतिहासिक महत्त्वका सञ्चार सामग्री निःशुल्क वा रकम लिएर प्रेस सङ्ग्रहालयलाई दिन सक्नुहुन्छ…


कुसमाचार भेटियो ? अब अनलाइनबाटै गर्नुस् उजुरी

यहाँ कुसमाचार भन्नाले पत्रकार आचारसंहिता विपरीतका समाचार वा झूठा समाचारहरूलाई भन्न खोजिएको हो। कुनै समाचारबारे उजुरी गर्न अब तपाईँ प्रेस काउन्सिल नेपालको कार्यालयसम्म पुग्नुपर्दैन। प्रेस काउन्सिलले अनलाइन उजुरी प्रणाली सुरु गरेसँगै अब जुनसुकै स्थानबाट समाचार सामग्रीबारे उजुरी गर्न सहज भएको हो। प्रधानन्यायाधीश गोपाल पराजुलीले काउन्सिल कार्यालय सञ्चारग्राममा आइतबार अनलाइन उजुरी…


यी हुन् पत्रकारले गर्न हुने र नहुने कुरा, नयाँ पत्रकार आचारसंहिताको पूर्ण पाठ

पत्रकारिता पेसालाई थप मर्यादित बनाउन प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गरेका छन्। प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरे। नयाँ आचारसंहिता जारीसँगै ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४)…


पत्रकार बन्न अब लिनुपर्ने छ लाइसेन्स, यस्तो छ प्रस्तावित पाठ्यक्रम

पत्रकारितालाई पेशा बनाउन चाहनेले अब प्रवेश परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र अर्थात लाइसेन्स लिनुपर्छ भन्ने तपाईँलाई थाहा छ? प्रेस काउन्सिल नेपाल यसको अन्तिम तयारीमा जुटेको छ। २०७३ साउन २१ गते पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले प्रेस काउन्सिल नेपाललाई प्रतिवेदन बुझाउँदै पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न सिफारिस गरेको छ। प्रेस…


प्रेस काउन्सिललाई कान्तिपुरले पढायो आचारसंहिताको पाठ, सोध्यो तीन प्रश्न

वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युबारे ईकान्तिपुर डट कमले प्रकाशित गरेको एउटा समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल र कान्तिपुरबीच द्वन्द्व चर्किएको छ। उक्त समाचारबारे तीन दिनभित्र स्पष्टिकरण पेश गर्न काउन्सिलले पठाएको पत्रको जवाफ दिँदै कान्तिपुरले ‘अनावश्यक झन्झट दिने मनसायबाट स्पष्टीकरण सोधिएको’ आरोप लगाएको छ। काउन्सिलबारे केही समयअघि कान्तिपुरमा छापिएको एउटा…


कुन पत्रिका कति छापिन्छन्? यस्तो छ प्रकाशकको दावी

प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१/७२ को पत्रपत्रिका वर्गीकरणको लागि निवेदन दिएका ९१० पत्रिकाको विवरण सार्वजनिक गरेको छ। काउन्सिल अन्तर्गतको पत्रपत्रिका वितरण सम्परीक्षण समितिमा वर्गीकरणको लागि आवेदन फाराम भर्दा पत्रिकाका प्रकाशकले उपलब्ध गराएको विवरण काउन्सिलले वेबसाइटमा राखेको हो। ‘वर्गीकरणको लागि प्राप्त पत्रपत्रिका र प्रकाशकले दावागरे अनुरुपको प्रतिअंक प्रकाशन संख्याको विवरण’ काउन्सिलले…


तीन दिनभित्र स्पष्टीकरण दिन इकान्तिपुरलाई प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले इकान्तिपुर डटकममा २०७३ जेठ २४ गते वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युबारे प्रकाशित समाचारको विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मंगलबार विज्ञप्ति जारी गरी काउन्सिलले प्रारम्भिक अनुसन्धानबाट इकान्तिपुरले प्रकाशित गरेको समाचार ‘गलत, भ्रामक र संवेदनहीन’ भएको जनाएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुसार नेपाली राष्ट्रिय गानका…


आचारसंहिता पालनाबाट गरौँ प्रेस स्वतन्त्रताको उपयोग

विनोद ढुङ्गेल– अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि कायम रहेको आचारसंहितालाई विस्थापित गरी नयाँ आचारसंहिता जारी गर्ने तयारी भइरहेको छ। स्वाभाविक र जायज रुपले नेपाली पत्रकारहरूको एक मात्र छाता संस्था नेपाल पत्रकार महासङ्घको सहमतिविना त्यो सम्भव छैन। यसअघिको प्रचलन पनि त्यही नै रहेको छ। यस प्रक्रियामा मस्यौदा आचारसंहिताको विषयवस्तुमाथिको छलफलका…


मिडियाको विकासका लागि के छन् सरकारी योजना? नीति तथा कार्यक्रममा यस्तो छ

सरकारले आइतबार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाइन्। मुख्यरुपमा संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित सरकारको नीति तथा कार्यक्रममा मिडिया क्षेत्रसँग सम्बन्धित के कार्यक्रम छन् हामी तपाईँलाई जानकारी दिँदै छौँ। सरकारले १३८ बुँदामा प्रस्तुत गरेको नीति तथा…


बहसः के राष्ट्रिय पत्रकारिता दिवसको सान्दर्भिकता छ?

गत बैशाख २४ गते नेपालमा प्रथम राष्ट्रिय पत्रकारिता दिवस मनाइयो। नेपालमा समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन प्रारम्भ भएको दिन बैशाख २४ गतेलाई सरकारले राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको दिन वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई प्रस्ताव गरेपछि सरकारले विभिन्न…