टिकटकका भिडियोमा सरकारी निगरानी

टिकटकका भिडियोमा सरकारी निगरानी

फोटोः media.npr.org
  • कार्तिक २०, २०८० सोमबार ०३:०८

टिकटकमा पोस्ट हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारको पहल


सरकारले चर्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्दै टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

टिकटकका प्रतिनिधिहरूसँग गृह मन्त्रालयमा भएको बैठकमा गृहसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधि सहभागी थिए ।

टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ ।

दोषीउपर कानुन बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति भएको पनि गृहमन्त्रालयले जनाएको छ । 

छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने [❓], जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

"अतः जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ", गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दुष्प्रभावबारे गरायो सचेत

टिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरू जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।

टिकटकमा कतिपयले सामाजिक सद्भाव बिगार्ने तथा निकै अश्लील भिडियोहरू पनि राख्ने गरेका छन् । 

Media Kurakani Social Media Series.png

☝पढ्नुस्ः सोसल मिडियाको उत्तेजनाबाट धरानलाई मणिपुर बन्न जोगाऔँ👆


गृहको विज्ञप्ति

👇

griha.jpg


Related Story

ह्वाट्सएप ह्याकिङ: कसरी हुन्छ, कसरी जोगिने र ह्याक भए के गर्ने?

दीपक अधिकारी/नेपालचेक केही दिनअघि मेरो आफ्नै ह्वाट्सएप अकाउन्टमा दुई जना चिनेजानेका साथीबाट अचानक सन्देश आयो। ती सन्देशमा तत्कालै ५० हजार रुपैयाँ