अनलाइनखबर ५० प्रभावशाली महिलाको सूचीमा दुई पत्रकार

अनलाइनखबर ५० प्रभावशाली महिलाको सूचीमा दुई पत्रकार

  • फाल्गुण २३, २०८१ शुक्रबार ०५:१४

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले प्रकाशित गरेको 'नेपालका ५० प्रभावशाली महिला' को सूचीमा दुई अग्रणी पत्रकार समावेश छन् । राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरूको यो सूचीमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र अन्तर्राष्ट्रिय ख्याति प्राप्त डकुमेन्ट्री फिल्ममेकर सुविना श्रेष्ठ रहेका छन् ।

१. निर्मला शर्मा

Nirmala-sharma.pngनेपाल पत्रकार महासंघको सातदशक लामो इतिहासमा पहिलोपटक महिला नेतृत्वमा पुगेकी निर्मला शर्माको पत्रकारिता यात्रा २०५३ सालबाट श्री सगरमाथा दैनिकमा अनुवादकका रूपमा सुरु भएको थियो । संसदीय रिपोर्टिङको जिम्मेवारीबाट शर्माले पत्रकारिता सुरु गरेकी थिइन् ।

श्री सगरमाथामा काम गरेपछि रेडियो नेपालमा 'आजको अखबार' कार्यक्रम र त्यसपछि रेडियो सगरमाथामा काम गरेकी शर्माले सञ्चारिका समूहमा महासचिव भएर काम गरिन् । सञ्चारिका फिचर सेवा र समकोण टेलिभिजन कार्यक्रम मार्फत महिला तथा लैंगिक न्यायका विषयमा उनले निरन्तर आवाज उठाउँदै आइन् ।

२०८१ पुसमा भएको निर्वाचनमा महासंघको नेतृत्वमा पुगेकी शर्माका अनुसार पत्रकारहरूलाई पेशामा टिकाउनु हाल प्रमुख चुनौती रहेको छ । "पत्रकारका आधारभूत सुविधाका विषय छन्। पेशामा भविष्य नदेखेकाहरू अन्यत्र लागेका छन्। कोभिडपछि त झन् थुप्रै पत्रकारहरू पलायन भएका छन्। अब त पत्रकारहरूलाई पेशामा टिकाउनु नै मुख्य चुनौती देख्छु," शर्माले भनेकी छन् । अनलाइनखबरका पत्रकार कृष्ण ज्ञवालीले शर्माको प्रोफाइल गरेका छन् । 

२. सुविना श्रेष्ठ

Subina-shrestha-1.pngअर्की प्रभावशाली पत्रकार सुविना श्रेष्ठले आफ्नो डकुमेन्ट्री फिल्महरू मार्फत नेपालका सामाजिक विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन सफल भएकी छन् । सशस्त्र युद्धकालमा माओवादी नेतृ देवी खड्का लगायतका महिलाहरूले भोगेका अत्याचारको कथा 'देवी' डकुमेन्ट्री मार्फत उनले विश्वसामु ल्याएकी छन् । 

द्वन्द्वमा महिलामाथि भएको हिंसाबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न उनले निकै संघर्ष गर्नुपर्‍यो । आर्थिक संकट झेल्दै पाँच वर्षको मिहिनेतपछि तयार भएको 'देवी' डकुमेन्ट्रीले अहिले विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू जितिरहेको छ । 

"हामीले देवीको डकुमेन्ट्री मात्र बनाएनौं, उनलाई अन्तर्राष्ट्रिय मञ्चसम्म लैजाने काम गर्यौं," श्रेष्ठले भनेकी छन् ।

श्रेष्ठले डकुमेन्ट्री मार्फत माओवादी द्वन्द्वमा हिंसा भोग्ने महिलाहरूका कथा मात्र होइन, 'बर्थ इन नेपाल' र 'ह्वाट्स विहाइण्ड कास्ट भायोलेन्स इन नेपाल?' जस्ता डकुमेन्ट्रीहरू बनाएर नेपालका अन्य सामाजिक विषयहरू पनि विश्वसामु ल्याएकी छन् ।

युवा अवस्थामै छात्रवृत्तिमा अमेरिका पढ्न गएकी श्रेष्ठले बीबीसी, अलजजिरा, न्यूयोर्क टाइम्स र च्यानल फोर जस्ता अन्तर्राष्ट्रिय मिडियामा काम गर्दै आएकी छन् । अनलाइनखबरका पत्रकार गौरव पोखरेलले श्रेष्ठको प्रोफाइल गरेका छन् ।

अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले यो सूची शक्तिको प्रयोगका कारण चम्केका महिला नभइ आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामर्थ्य भएकाहरु मध्येबाट तयार गरिएको बताएका छन् । 

graphics_banner_mobile (1).jpg

अनलाइनखबरको 'चालिस मुनिका चालिस' मा शेर्पाको कथा भन्ने दुई पत्रकार अनलाइनखबरको 'चालिस मुनिका चालिस' मा शेर्पाको कथा भन्ने दुई पत्रकार


Related Story

जुलियन असान्जः आज सामान्य लागेको त्यो असाधारण संघर्ष

जुलियन असान्जको जीवनका उतार चढाव र पत्रकारिताको भविष्यको कथा युद्धले थिलथिलो बनेको बगदाद । बिहानको समय । रोयटर्सका दुईजना पत्रकार अमेरिकी एफ११७ बमवर्षक