गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु सुवेदी नियुक्त भएका छन् ।
असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । लामो समयदेखि पत्रकारितामा क्रियाशील सुवेदी यसअघि अन्नपूर्ण पोस्टको अनलाइन सम्पादक तथा नेपाल समय र नेपालतारा न्यूजको सम्पादक थिए ।
सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकाेत्तर गरेका छन् ।