बालबालिकामा इन्टरनेटको लत

बालबालिकामा इन्टरनेटको लत

chinadaily.com
  • August 3, 2022 Wednesday 15:11

सञ्जु अधिकारी-


समयसंगै इन्टरनेटमा व्यक्तिको पहुँच र यसको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ। प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका हरेक तह र तप्काका मानिसको जीवनशैलीमा परिवर्तन आएको छ। चाहे त्यो सहरका हुन् वा गाउँका, बच्चा हुन् वा वयस्क वा वृद्व, महिला हुन् वा पुरुष, कामकाजी हुन् वा फुर्सदिला हरेक मानिसको हातमा मोबाइलका साथै इन्टरनेटको पहुँच छ। सामाजिक सञ्जालको प्रयोगले झन् व्यस्तता बढाएको छ। 

कोभिड–१९ को लकडाउनपश्चात् इन्टरनेटको प्रयोग व्यावसायिक मात्र नभई विद्यार्र्थीका लागि अध्ययनको अभिन्न अङ्ग बन्न पुग्यो। यसले गर्दा इन्टरनेट तथा मोबाइल बालबालिकाको अध्ययनको साधन बन्यो। आजकल मोबाइल तथा इन्टरनेट अभिभावकका लागि अध्ययन मात्र नभई बालबालिका फकाउने माध्यम बन्न पुगेको छ। जसले बालबालिकामा यसको प्रयोगको 

लत बनिसकेको छ। यसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पुर्‍याएको विभिन्न अध्ययनले देखाएका छन्। 

अभिभावकहरूले बालबालिकालाई फकाउन, खाना खुवाउन, विद्यालय पठाउन, फुर्सदको समयको उपयोग गराउन, मोबाइलको प्रयोग नै गराउने बानीले बालबालिकामा मोबाइलको लत नै बसेको छ। यसको प्रभावस्वरूप बालबालिकामा सिर्जनात्मक क्षमता बढाउने कार्यमा रुचि र चासो घट्दै गएको छ। निद्राको अनियमितता, व्यायामको कमीले शारीरिक तथा मानसिक विकासमा पनि बाधा पुग्ने देखिन्छ। 

वर्तमान डिजिटल संसारमा हामी बालबालिकालाई इन्टरनेट तथा सामाजिक सञ्जालको पहुँच तथा यसको प्रयोगबाट टाढा राख्ने प्रयास गर्दा उनीहरूको सिक्ने अवसरबाट वञ्चित गरिएको जस्तै हुन सक्छ। प्रविधिमैत्री सीप तथा यसको प्रयोगले समय तथा पैसाको बचत त हुन सक्छ तर सामाजिक सञ्जालमा प्रयोग भएको कन्टेन्ट, विज्ञापन तथा अन्य सामग्रीले बालबालिकामा पर्ने जोखिमबाट विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावना रहन्छ। इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा साइबर क्राइम, बुलिङ, यौनिक क्रियाकलाप जस्ता गलत प्रवृत्तिको विकास हुन सक्ने र यसले सामाजिक अपराधका घटना बढ्न सक्ने सम्भावना रहन्छ।

पूरा पढ्नुहोस् । 


Related Story

Political Dissent in Nepal: Arrests for Social Media Posts Raise Censorship Concerns

Man Bahadur Karki (29) stands barefoot inside the iron bars of the Metropolitan Police Circle, Durbarmarg. The ground floor of the

राष्ट्रिय साइबर सुरक्षा नीति तथा इन्टरनेट गेटवेसम्बन्धी विश्लेषणपत्र सार्वजनिक

डिजिटल राइट्स नेपालले नेपालको डिजिटल परिदृश्यमा देखिएका साइबर सुरक्षासम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने दुई विश्लेषण पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पहिलो

टिकटक प्रतिबन्धको प्रभावः नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा

नेपाल पहिलोपटक इन्टरनेट सटडाउन हुने देशको सूचिमा परेको छ । डिजिटल अधिकारको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था एक्सेस नाउ ले

Browser Cookies Make People More Cautious Online, study finds

Elizabeth Stoycheff from the Conversation - Website cookies are online surveillance tools, and the commercial and government entities that use them

Marketing In New Media

Aashish Mishra-  Nepal is witnessing a media shift. Radio, once the primary source of news and information for the majority of

इन्टरनेट गतिमा भैरहेको ठगी रोक

कान्तिपुर सम्पादकीय-  इन्टरनेट प्रयोगकर्ताहरूको संख्या जति बढ्दो छ, यसका सेवाप्रदायकहरू पनि त्यही रूपमा थपिइरहेका छन् । उनीहरूका बीचमा तीव्र प्रतिस्पर्धा त छ,

तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ

मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?' 'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।' 'तपाईंले यो साता क–कसलाई

‘मिम’को समाजशास्त्र

सुवास चापागाईं- मिम एउटा विशाल र जटिल अवधारणा हो, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन दुई दशकयता इन्टरनेटको