हरेक दुई वर्षमा प्रदान गरिने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरिएको छ ।
यो पुरस्कार नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दछ । नेजा अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको संस्था हो ।
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिन्छ । पुरस्कारको राशी २,२२,२२२.२२ (दुई लाख बाइस हजार दुईसय बाइस रुपैयाँ, बाइस पैसा) छ ।
पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकार वा सञ्चार संस्थाले २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्ममा प्रकाशन/प्रशारण भएका कम्तिमा तीनवटा सामग्री महासंघको इमेल [email protected] मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने महासंघको वेबसाइटमा जनाइएको छ ।
२०८० वैशाख १२ गतेदेखि वैशाख २७ गतेसम्ममा पुरस्कारका लागि दरखास्त दिने समय तोकिएको छ ।