स्थापना दिवसमा पुरस्कृत गर्न अख्तियारले माग्यो समाचार तथा लेख रचना

स्थापना दिवसमा पुरस्कृत गर्न अख्तियारले माग्यो समाचार तथा लेख रचना

  • माघ ४, २०८१ शुक्रबार १६:५८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कृत गर्न सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निवारण सम्बन्धी समाचार तथा लेख रचना आह्वान गरेको छ ।

संकलितमध्येबाट उत्कृष्ट सामग्रीहरूलाई अख्तियारको स्थापना दिवस अर्थात् २०८१ माघ २८ गते पुरस्कृत गरिनेछ । 

आयोगका अनुसार गत आर्थिक वर्षको माघ महिनादेखि चालु आर्थिक वर्षको पुष मसान्तसम्म प्रकाशित समाचार तथा लेख रचनाहरू पठाउन सकिनेछ । रचनाहरू नेपाली वा अंग्रेजी भाषामा हुन सक्नेछन् । लेख रचना न्यूनतम सात सय शब्दको हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिव्यक्ति अधिकतम तीनवटासम्म समाचार र लेख रचना पठाउन सकिने अख्तियारले जनाएको छ। रचनाहरू [email protected] मा पठाउन सकिने र श्रव्य दृश्य सामग्रीको हकमा पेनड्राइभमा राखी आयोगमा पेश गर्न सकिने सूचनामा उल्लेख छ । समाचार तथा लेख रचना २०८१ साल माघ १३ गते आइतबार राति १२:०० बजेसम्म पठाउन सकिनेछ । 

पढ्नुस् अख्तियारको सूचनाः

CIAA_page-0001.jpg

CIAA_page-0002.jpg

 


Related Story

डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका #DigitalRights and #Safety Handbook [Download]

डिजिटल राइट्स नेपालले डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई

डेटा,  मोजो र अनलाइन पत्रकारितासहितका तालिममा अवसर

बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न तालिमका लागि निवेदन माग गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

हरेक दुई वर्षमा प्रदान गरिने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरिएको छ । यो पुरस्कार नेपाल–अमेरिका पत्रकार संघ

संघीयतामा मिडियाको अवस्था झल्काउने ‘प्रदेशमा मिडिया’

‘प्रदेशमा मिडिया’ नामक पुस्तक सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा संघ र प्रदेशहरुमा

अनलाइन पत्रकार बन्‍न सिक्नैपर्ने १० सीप

म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन

कोभिड १९ को दोस्रो लहर : रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने १५ कुरा

पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) प्रस्तावनाः विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवद्धर्न र प्रचलनका