पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक, ‘कारोबार’ सहित १० पत्रिका परेनन् 

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक, ‘कारोबार’ सहित १० पत्रिका परेनन् 

फोटोः https://southasiacheck.org/
  • जेठ १३, २०८० शनिबार ०४:००

प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७७/०७८ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ को वर्गीकरणको लागि ८६८ वटा पत्रपत्रिकाहरूले आवेदन दिएका थिए । जसमध्ये ८५८ पत्रिका वर्गीकृत भएका छन् भने १० वटा पत्रपत्रिका कागजात तथा अंक नपुगेका कारण वर्गीकरणमा समावेश भएका छैनन् । 

काउन्सिलका अनुसार आवेदन स्वीकृत भएका ८५८ पत्रपत्रिका मध्ये ‘क’ वर्गमा ३०४, ‘ख’ वर्गमा ४०५, ‘ग’ वर्गमा १३० र ‘घ’ वर्गमा १९ वटा पत्रपत्रिका वर्गीकृत भएका छन् । 

वर्गीकरणका लागि आवेदन स्वीकृत भएका ८५८ पत्रपत्रिकामध्ये १२९ वटा राष्ट्रियस्तरका, १५८ वटा प्रदेशस्तरका, ५७१ वटा स्थानीयस्तरका रहेको काउन्सिलले जनाएको छ ।  

काउन्सिलका अनुसार वर्गीकरणका लागि आवेदन दिने पत्रपत्रिका मध्ये १९० दैनिक, २ अर्धसाप्ताहिक, ५०९ साप्ताहिक, १२ पाक्षिक, ७६ मासिक, ५ द्वैमासिक, ८ त्रैमासिक, ५७ साहित्यिक र ९ भाषाभाषीका पत्रिकाहरू रहेका छन् । 

‘कारोबार' दैनिक वर्गीकरणमा परेन

वर्गीकरणको लागि आवेदन दिएका ८६८ पत्रपत्रिकामध्ये १० पत्रपत्रिकालाई अमान्य भएका छन् । कागजात नपुगेको र अंक नपुग भएका कारण यी पत्रपत्रिकाहरूलाई वर्गीकरणमा समावेश नगरिएको प्रेस काउन्सिलले जनाएको छ । 

आर्थिक पत्रिका कारोबार दैनिक पनि वर्गीकरणमा परेको छैन । कारोबारले करचुक्ता प्रमाणपत्र र सामाजिक सुरक्षाकर दाखिला भौचर पेश नगरेकाले वर्गीकरणका लागि दिइएको आवेदन अस्वीकृत भएको हो । 

त्यस्तै झपाबाट प्रकाशित हुने जनसंसद प्रादेशिक दैनिक, पुर्वेली साप्ताहिक, मोरङबाट प्रकाशित हुने हाम्रो मत प्रादेशिक दैनिक, राष्ट्रिय समाचार पत्र स्थानीय दैनिक, धनुषाबाट प्रकाशित हुने टुडे एकसप्रेस राष्ट्रिय दैनिक, काठमाडौंबाट प्रकाशित हुने लावण्य सन्देश स्थानीय साप्ताहिक, तलेजु स्थानीय मासिक, कृषि जर्नल स्थानीय मासिक र मकवानपुरबाट प्रकाशित साम स्थानीय साप्ताहिक पत्रपत्रिकाहरुलाई काउन्सिलले अमान्य ठानेको छ । 

हेर्नुस् कुन पत्रिका कुन वर्गमा परे


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८