फोनिजले ‘नेपालभाषा टाइम्स’ सहित पाँच पत्रकारलाई सम्मान गर्ने

फोनिजले ‘नेपालभाषा टाइम्स’ सहित पाँच पत्रकारलाई सम्मान गर्ने

  • श्रावण २५, २०८० बिहीबार १९:१०

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०, फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ ।

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८० बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाडौं) सम्मानित हुने भएका छन् । फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मानित हुने भएको छ।

यस्तै फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली) लाई प्रदान गर्ने निर्णय भएको फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोगत्वमा सल्लाहकारद्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सरदस्य रहेको सम्मान तथा पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो ।

Awardeds Photo FONIJ.jpg

फोनिजका अनुसार २०८० साउन २७ गते कोशी प्रदेशको विराटनगरमा आयोजना हुने २४ औँ स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिनेछ । सम्मान तथा पुरस्कार प्राप्त गर्ने व्यक्ति र संस्थाहरूको विवरण निम्नानुसार छ-

१. दिलीप थापा मगर,  काठमाडौं (फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०)

२०५८ सालमा नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गरेका दिलीप थापामगर नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष थापा पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गरिरहेका छन् । न्यूज एजेन्सी हिमालयन टेलिभोइसका अध्यक्षसमेत रहेका थापाले जनजाति आवाज, अमेरिका नेपाल टेलिभिजन लगायतमा काम गरेका छन् । उनले जनसेवा श्री पदक, राष्ट्रिय पत्रकारिता पुरस्कार र प्रधानसेनापति प्रशंसा पदकसमेत पाएका छन् ।

२. नेपालभाषा टाइम्स दैनिक, काठमाडौं (फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०)

‘नेपालभाषा टाइम्स’ हाल नेपाल भाषामा प्रकाशन हुने एक मात्र दैनिक पत्रिका हो । निरन्तर प्रकाशन हुँदै आएको यो पत्रिका २०४६ सालदेखि प्रकाशित भइरहेको छ । नेपालभाषामा पहिलो दैनिक पत्रिकाका रूपमा वि.सं. २०१२ सालमा फत्तेबहादुर सिंहको सम्पादनमा ‘नेपालभाषा पत्रिका’ प्रकाशन भएको थियो । त्यसको केही समयपछि कृष्णचन्द्रसिंह प्रधानको सम्पादनमा ‘पासा’ दैनिक प्रकाशन भएको थियो । यी दुवै पत्रिका बन्द भएको धेरै समयपछि २०४६ सालमा अशोक श्रेष्ठको सम्पादनमा नेपालभाषाको अर्को दैनिक ‘विश्वभूमि’ प्रकाशन सुरु भयो । त्यही विश्वभूमि दैनिक बिचमा नाम बदलेर ‘सन्ध्या टाइम्स दैनिक’ बन्यो भने गत नौ वर्षदेखि ‘सन्ध्या टाइम्स दैनिक’ पनि नाम बदलेर अहिले ‘नेपालभाषा टाइम्स दैनिक’का रूपमा प्रकाशित हुँदै आएको छ । ३२ वर्षदेखि मातृभाषामा प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’लाई मातृभाषा पत्रकारितामा पुर्‍याएको योगदानको सम्मान गर्दै फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०बाट सम्मान गर्ने निर्णय फोनिजले जनाएको छ ।

३. स्व. किसन राई (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०, मरणोपरान्त)

किसन राईको जन्म बुवा छोक्टुन्डु राई र आमा शिवमाया राईको जेठो सन्तानका रूपमा २०२४ साल भदौमा भारतीय गोर्खा पल्टनको बैंङ्ग्लोरस्थित क्याम्पमा भएको थियो । २०४३ देखि वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गरेर २०४६ सालको जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी राईले लामो समय राजनीतिक जीवन बिताए । २०५६ सालमा हङकङ प्रस्थान गरेका राईले त्यसपछिको समयमा हङकङमै रहेर पत्रकारिता, समाजसेवा र राजनीतिलाई अगाडि बढाए ।

हङकङमा नेपाली पत्रिका एभरेष्टको सम्पादक तथा प्रकाशक भएर दुई दशकभन्दा बढी समय बिताएका राई नेपाल पत्रकार संघ हङकङको अध्यक्ष भएका थिए । दुई दशकभन्दा लामो समय हङकङको नेपाली भाषा तथा साहित्य र पत्रकारिता क्षेत्रमा अथक रूपमा काम गरेका उनलाई नेपाल सरकारले जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो । त्यसै गरी, हङकङ सरकारले सन् २०२० मा नेपाली समुदायमा पुर्‍याएको योगदान बापत ‘चीफ एक्जिक्युटिव कमेन्डेसन फर कम्युनिटी सर्भिस’ पदकले सम्मान गरेको थियो । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत पाएका राईको २०७८ कात्तिक ७ गते खोटाङमा निधन भएको थियो । जीवनकाल पत्रकारिता र समाज सेवामा अर्पण गरेका स्वर्गीय किसन राईको योगदानको उच्च मूल्याङ्कन गर्दै फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० (मरणोपरान्त) प्रदान गर्ने निर्णय भएको फोनिजले जनाएको छ ।

४. देवबहादुर पचभैया मगर, पाल्पा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०५६ सालदेखि पत्रकारितामा क्रियाशील पाल्पाका देवबहादुर पचभैया मगर पत्रकारितामा स्थापित नाम हो । उनी दुई दशकदेखि पाल्पाको श्रीनगर एफएमका स्टेसन म्यानेजर र श्रीनगर खबर पत्रिकामा सम्पादकको रूपमा काम गर्दै आएका छन् । तत्कालीन नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका संस्थापक अध्यक्ष हुँदै दुई कार्यकाल जिल्ला अध्यक्ष, फोनिज भएपछि पश्चिमाञ्चल इन्चार्ज र फोनिज लुम्बिनी प्रदेश इन्चार्जको रूपमा आदिवासी जनजाति पत्रकारलाई नेतृत्व प्रदान गरेका छन् । उनी हाल मगर पत्रकार संघको महासचिव छन् ।

५. जीवन लामा, दोलखा (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०६२ सालदेखि कालिन्चोक सन्देश साप्ताहिकबाट पत्रकारिता सुरु गरेका जीवन लामा दोलखाका स्थापित पत्रकार हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय समिति सदस्यसमेत रहेका लामा नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष हुन् । हाल कालिन्चोक सन्देशका कार्यकारी सम्पादक लामा २०६४ सालदेखि कालिन्चोक एफएममा स्टेसन मेनेजर छन् । चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष लामाले इ–दैनिकखबर डटकमका अध्यक्ष तथा प्रकाशक पनि हुन् ।

६. उन्नति चौधरी,  कैलाली (फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०)

२०६३ सालमा कैलालीबाट प्रकाशित हुने ‘सेती महाकाली आवाज’ पत्रिकाको वितरकको रूपमा काम थालेकी उन्नति चौधरीले सोही पत्रिकामा सम्वाददाताको रूपमा काम गर्दै पत्रकारिता सुरुवात गरेकी हुन् । पत्रकारिताको दौरान जनदिशा राष्ट्रिय दैनिक, लालदिशा मासिक, मर्निङवेल दैनिक, पश्चिमेली दैनिक, हिमालखबर डटकम लगायतमा काम गरेकी चौधरीले हाल नेपाली र थारु भाषामा केर्नीन्यूज डटकम सञ्चालन गर्छिन् । पत्रकारितासँगै विभिन्न सामाजिक संघ संस्थाहरूमा समेत काम गर्दै आएकी चौधरीलाई  फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० प्रदान गर्ने निर्णय गरिएको फोनिजले जनाएको छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८