बागमती टिभीका पत्रकारलाई ज्यान मार्ने धम्की

बागमती टिभीका पत्रकारलाई ज्यान मार्ने धम्की

  • श्रावण ३१, २०८० बुधबार २०:२६

काठमाडौंबाट प्रसारण हुँदै आइरहेको बागमती टेलिभिजनका संवाददाताद्वय गौरव अधिकारी र सुमन निरौलालाई ज्यान मार्ने धम्की दिइएको छ । समाचार संकलनका क्रममा लमजुङ नगरपालिका ९ स्थित भोटेओडार सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजी कँडेललगायतका व्यक्तिहरूले उनीहरूलाई ज्यान मार्ने धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

उक्त सहकारीमा अनियमियता भएको जानकारी प्राप्त भएपछि साउन ३० गते मंगलबार पत्रकारद्वय अधिकारी र निरौला समाचार संकलनका लागि काठमाडौंबाट लमजुङस्थित सहकारी पुगेर अध्यक्ष कँडेललाई अनियमितताका बारेमा भनाइ राख्न आग्रह गरेका थिए ।

कँडेलले सहकारीका अन्य पदाधिकारी तथा व्यवस्थापकसहित पत्रकारद्वयलाई स्थानीय एक होटलमा लगेका थिए । लमजुङस्थित सुन्दरबजार नगरपालिका वडा नम्बर ८ र ९ का वडा अध्यक्षसमेतको संलग्नतामा पत्रकारद्वयलाई बन्धक बनाई ज्यान मार्ने धम्की दिइएको र परिचयपत्र तथा अन्य सामग्री पनि नियन्त्रणमा लिइएको टेलिभिजनले जनाएको छ ।

स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारमाथि सहकारीका जिम्मेवार पदाधिकारी तथा वडाका अध्यक्षसमेतको संलग्नतामा भएको हर्कत अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघको ठहर छ ।

पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न महासंघले माग गरेको छ ।

FNJ Nepal Press Release.jpeg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८