श्रम रोजगार पत्रकारिता पुरस्कार २०८० का लागि आवेदन आह्वान

श्रम रोजगार पत्रकारिता पुरस्कार २०८० का लागि आवेदन आह्वान

Photo by Hobi industri on Unsplash
  • भाद्र ११, २०८० सोमबार २३:१६

श्रम रोजगार पत्रकार समूहले श्रम रोजगार पत्रकारिता पुरस्कार २०८० को लागि आवेदन माग गरेको छ । श्रम रोजगार पत्रकार समूहले श्रम, रोजगारको क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई गुणस्तरीय रिपोर्टिङका लागि प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष “श्रम रोजगार पत्रकारिता पुरस्कार” प्रदान गर्दै आएको छ । पुरस्कारमा गत वर्षदेखि श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समितिको सहकार्य रहेको छ ।

प्रतिस्पर्धामा सहभागी हुन इच्छुक श्रम रोजगार क्षेत्रमा क्रियाशील पत्रकारले २०७९ कात्तिक ४ गतेदेखि २०८० भदौ ३ गतेभित्र कुनै पनि सार्वजनिक सञ्चारमाध्यम (पत्रपत्रिका/अनलाइन/रेडियो/टिभी) मा प्रकाशित वा प्रसारित आफ्नो समाचार, सामग्री संस्थाको इमेल [email protected] मा भदौ १५, २०८० भित्र पठाउनु पर्ने संस्थाका अध्यक्ष सुनिल न्यौपाने द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Labour Employment Journalist Group - LEJoG.jpgतोकिएको अवधिभित्र प्रकाशित/प्रसारित भई पुरस्कारका लागि आवेदन प्राप्त सामग्रीहरू मध्येबाट उत्कृष्ट तीन वटा सामग्रीलाई पुरस्कृत गरिने छ । पुरस्कार राशि टुङ्गो नलागिसकेको महासचिव अशोक घिमिरेले बताए । पहिला प्रथम, दोस्रो र तेस्रो भएका प्रतिस्पर्धीलाई क्रमश ३० हजार,२० हजार र १० हजार दिने गरिएको र यो वर्ष सबैलाई सम्मान रकम सहित पुरस्कृत गर्ने योजना रहेको उनले बताए ।

उत्कृष्ट तीन छनोट गर्दा केन्द्र, जिल्ला तथा प्रवासबाट लेखिएका सामग्रीमा वर्गीकरण गरी निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछन् । पुरस्कारका लागि आवेदन प्राप्त सामग्रीहरूको मूल्याङ्कन तीन सदस्यीय एक स्वतन्त्र निर्णायक समितिले गर्नेछ । सो समितिमा श्रम आप्रवासन सम्बन्धी विज्ञ, वरिष्ठ सञ्चारकर्मी लगायत संलग्न रहने छन् । समितिमा श्रम रोजगार पत्रकार समूह तथा समूहमा आबद्ध कुनै व्यक्तिको संलग्नता नरहने श्रम रोजगार पत्रकार समूहले जनाएको छ ।

तोकिएको समयावधि पश्चात् प्राप्त हुने आवेदनलाई प्रतिस्पर्धामा सहभागी गराइने छैन। प्रतिस्पर्धामा सहभागिताका लागि श्रम रोजगार पत्रकार समूहले मापदण्डहरु तयार गरेको छ ।

क) नेपाल वा विश्वको जुनसुकै मुलुकमा कार्यरत नेपाली नागरिक यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । एकजना प्रतिस्पर्धीले दुईवटासम्म सामग्री प्रतिस्पर्धाका लागि पठाउन सकिनेछ ।

ख) पुरस्कारका लागि प्रतिस्पर्धामा संलग्न गरिएको सामग्री मौलिक, खोज तथा अनुसन्धानमूलक, विश्लेषणात्मक र सृजनशील ढङ्गबाट प्रस्तुत गरिएको हुनुपर्नेछ । प्रतिस्पर्धाका लागि सामग्री पठाउँदा प्रकाशित सामग्रीको लिंक सहित भाद्र १५, २०८० भित्र [email protected] मा पठाउनु पर्नेछ ।

ग) वैदेशिक रोजगारको क्षेत्रमा विद्यमान समस्याको गहन विश्लेषण तथा समस्या समाधानको उपाय समेत समेटिएको सामग्रीलाई प्राथमिकता दिइनेछ । यस्ता सामग्री प्राथमिक श्रोतमार्फत सङ्कलन गरिएका सूचना, जानकारीमा आधारित हुनुपर्नेछ । कुनै प्रकाशित, प्रशारित सामग्रीलाई द्वितीय श्रोतको रूपमा सामग्रीमा प्रयोग गरिएको खण्डमा सोको बारेमा सम्बन्धित सामग्रीमा स्पष्टसँग खुलाइएको हुनुपर्नेछ । यस्तो सामग्री एकपक्षीय नभई सबै पक्षको धारणा समेटिएको हुनुपर्नेछ ।

घ) यस्तो सामग्री नेपालबाट हुने वैदेशिक रोजगारीको विषयमा केन्द्रित हुनुपर्नेछ । सो सामग्रीमा श्रम आप्रवासनको प्रक्रियामा हुने जोखिम र खतराहरूलाई निरुत्साहित गर्ने, न्यायोचित भर्ना प्रक्रिया प्रति जागरूकता बढाउने र सुरक्षित श्रम आप्रवासनबाट हुने लाभका विषयवस्तुहरू समेटिएको हुनुपर्नेछ ।

ङ) श्रोत मुलुक र गन्तव्य मुलुकहरूको सामाजिक र आर्थिक विकासमा प्रवासीहरूको योगदानलाई समेटेर तयार गरिएको सामग्री हुनुपर्नेछ ।

च) यस संस्थालाई प्राप्त हुने सामग्रीहरू संस्थाले गठन गर्ने तीन सदस्यीय स्वतन्त्र निर्णायक समितिलाई हस्तान्तरण गरिनेछ । आवश्यक ठानेका अन्य आधारहरू तय गर्न छनौट समिति स्वतन्त्र रहनेछ । छनौट समितिको निर्णय नै मान्य हुनेछ ।

छनोट समितिले गरेको निर्णय अनुरूप पुरस्कृत व्यक्तिहरूलाई संस्थाले पुरस्कार हस्तान्तरण गर्नेछ। श्रम रोजगार पत्रकार समूह श्रम रोजगारको क्षेत्रमा सक्रिय रहेका पत्रकारहरूले २०७६ पुसमा स्थापना गरेका हुन् ।  


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८