नयाँ नेतृत्त्व छान्न सेजनको चुनाव, महासचिवमा रेग्मी निर्विरोध

नयाँ नेतृत्त्व छान्न सेजनको चुनाव, महासचिवमा रेग्मी निर्विरोध

  • भाद्र १५, २०८० शुक्रबार २२:२२

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आउँदो दुई वर्षे कार्यकालका लागि चुनाव हुँदै छ । आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको संगठन सेजनको २५ औं वार्षिक साधारण सभा शनिबार हुन लागेको हो ।

सेजनको विधान अनुसार निर्वाचनबाट १० जना र दुईजना मनोनित गरी १२ जनाको कार्यसमिति रहने व्यवस्था छ । १० जनाको लागि हुने निर्वाचनमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न मिडियामा आर्थिक पत्रकारिता गर्ने २८४ जना पत्रकारहरू सेजनको सदस्य रहेका छन् । २७१ जनाले सदस्यता नवीकरण गरेको सेजनका महासचिव तथा उपाध्यक्ष पदका उम्मेदवार भागवत भट्टराईले जानकारी दिए । नवीकरण गरेका सदस्यहरूले शनिबार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पदको लागि मतदान गर्नेछन् । महासचिव पदमा गोरखापत्र दैनिकका पत्रकार विश्वास रेग्मी निर्विरोध भएका छन् ।

सेजनले चुनावका लागि ३ सदस्य निर्वाचन समिति बनाएको छ । समितिको मुख्य निर्वाचन अधिकृतमा पत्रकार महासंघका पूर्व अध्यक्ष  धर्मेन्द्र झा छन् भने निर्वाचन अधिकृतमा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी र अधिवक्ता बाबुराम अर्याल छन् । 

निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि दिउसो १२ बजेबाट ४ बजेसम्म मतदान हुनेछ ।

उम्मेदवारहरूको सूचिः

अध्यक्षः सरस्वती ढकाल, शिरोमणि ढुंगाना, सुजन ओली

उपाध्यक्षः भागवत भट्टराई, विनय बञ्जरा

महासचिवः विश्वास रेग्मी (निर्विरोध)

सचिवः मुना कुँवर, रञ्जु काफ्ले र शोभित थपलिया

कोषाध्यक्षः अच्युत पुरी र कमला अर्याल

सदस्यः हेमन्त जोशी, बसन्तराज उप्रेती, पवन तिमिल्सिना, कौशिला कुँवर, ममता थापा, छविलाल सापकोटा, केशु लामिछाने

नेपाल आर्थिक पत्रकार समाज (सेजन) गैर नाफामुलक संस्था हो । नेपालको आर्थिक क्षेत्रको विस्तारसँगै व्यावसायिकता अभिवृद्धि र क्षमता अभिवृद्धिका लागि आर्थिक पत्रकारहरूले आपसमा समन्वय कायम गर्ने उद्देश्यले सन् १९९८ मा सेजन स्थापना भएको हो ।

नेपाली आर्थिक पत्रकारहरुको साझा मञ्चका रुपमा सेजनले अर्थशास्त्री, नीति निर्माता, व्यवसायी नेता तथा अन्य सरोकारवालाहरुसँग विभिन्न अन्तरक्रिया आयोजना गर्ने गरेको छ । सेजनले आफ्ना सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न संघसंस्थासँगको सहकार्यमा स्वदेश तथा विदेशमा तालिमहरूको व्यवस्था गर्दै आएको छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८