कान्तिपुर टेलिभिजनबाट सम्पादक अरुण बराल बाहिरिएका छन् । बराललाई कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठकले मंगलबार बिदाई गरे ।
२०७९ कात्तिकमा कान्तिपुर टेलिभिजन आबद्ध भएका बरालले त्यहाँ कान्तिपुर टेलिभिजनको न्युजपोर्टलको सम्पादकीय नेतृत्व गरे ।
बरालले लामो समय अनलाइनखबर डट कममा सम्पादकीय नेतृत्वमा रहेर काम गरेका थिए । त्यसपछि उनी रातोपाटी डट कम र नेपाल खबर डट कममा सम्पादक रहे ।
धरानस्थित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका बरालले जनआस्था साप्ताहिक र नयाँ पत्रिका दैनिकमा पनि काम गरेका थिए ।
बरालले ‘माओवादीमा भूकम्प’, ‘आलोकः सहिद कि गद्दार’ र ‘बाहुनवाद’ पुस्तक लेखेका छन्।