पत्रकार आचारसंहिता मैथिली र नेपाल भाषामा पनि

पत्रकार आचारसंहिता मैथिली र नेपाल भाषामा पनि

प्रकाशनहरू सार्वजनिकीकरण कार्यक्रम ।
  • पौष १३, २०७७ सोमबार २२:२८

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न भाषामा पनि प्रकाशन गर्न थालेको छ ।  नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्दै आएको आचारसंहिता मैथिली र नेपालभाषामा समेत अनुवाद गरेर काउन्सिलले प्रकाशन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार प्रेस काउन्सिल नेपालका प्रकाशनहरु ‘शैली पुस्तिका’, ‘आचारसंहिता’ (मैथिली र नेपालभाषा) तथा ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ पुस्तक सार्वजनिक गरे ।  

मन्त्री गुरुङले पत्रकारले मातृभाषामा नै आचारसंहिता अध्ययन गर्न पाउँदा यसको प्रभावकारिता बढ्ने बताए । नेपालमा मैथिली पत्रकारिताको इतिहास खोतल्ने कार्य पहिलोपटक भएको उल्लेख गर्दै उनले ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ ले पत्रकार मात्रै नभई आमनागरिक र भावी पुस्तालाई समेत इतिहास बुझ्न सहज हुने बताए ।

मन्त्री गुरुङले आचारसंहिता प्रकाशनसँगै कार्यान्वयनको पनि अनुगमन गर्नेतर्फ ध्यानाकर्षण गराए । काउन्सिलले आफ्नो काम र उद्देश्यअनुरुप प्रकाशित पुस्तकले आचारसंहिताको अनुगमनलाई नै सघाउने मन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले पत्रकारितामा स्वतन्त्रताको उपभोगसँगै कर्तव्यको पनि पालना गर्न आग्रह गरे ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा ५ र ७ अनुसार आमसञ्चार माध्यमहरूका लागि आचारसंहिता निमार्ण गरी अनुगमन गर्दै आइरहेको स्मरण गराए । उनले ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्रि प्रेस काउन्सिल नेपाल’ को नाराअनुरुप पत्रकारिता जगतलाई मर्यादित बनाउन र मिडियालाई कालोसूचीमा पर्ने स्थितिबाट जोगाउन काउन्सिल प्रयत्नशील रहेको बताए । उनले पत्रकार आचारसंहिताको प्रचार प्रसार र प्रभावकारी कार्यान्वयनको लागि विभिन्न राष्ट्रिय भाषामा आचारसंहिता प्रकाशन गर्ने क्रममा मैथिली र नेपालभाषामा अनुवाद गरी प्रकाशन गरिएको जानकारी दिए ।

कार्यवाहक अध्यक्ष बुढाथोकीले भाषाशैलीमा एकरुपता नहुँदा एउटै संस्थाका विभिन्न प्रकाशनमा पनि फरक फरक भाषाशैलीको प्रयोग हुने र यसले संस्थागत गरिमालाई कमजोर बनाउने हुँदा काउन्सिलले शैलीपुस्तिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको बताए । उनले प्रकाशित शैली पुस्तिकाले काउन्सिल मात्र नभई नेपाल पत्रकार महासङ्घ, सूचना तथा प्रसारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई समेत सघाउने बताए । उनले सञ्चार तथा सूचना  प्रविधि मन्त्रालयले समेत शैलीपुस्तिका प्रकाशन गरी कार्यान्वयनमा ल्याउन सके सकारात्मक सन्देश जाने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले काउन्सिलले भाषामा एकरुपता ल्याउनकै लागि शैली पुस्तिकाको प्रकाशन गरेको चर्चा गरे ।

कार्यक्रममा ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ पुस्तकका लेखक तथा आचारसंहिता मैथिली भाषा अनुवादक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मैथिली पत्रकारिताको इतिहास पुस्तक काउन्सिलको ऐतिहासिक प्रकाशन भएको उल्लेख गरे । सन्दर्भ र इतिहास खोज्ने क्रममा कतिपय पत्रपत्रिकाको जानकारी नै पाउन मुस्किल भएको स्मरण गर्दै उनले नेपालको पत्रकारिता इतिहासमा अब मैथिली भाषा पत्रकारिताको शोधपत्र लेखन सुरुवात हुने बाटो खुलेको बताए ।

आचारसंहिता नेपालभाषाका अनुवादक, पत्रकार सुरेश मानन्धरले मातृभाषामा आचारसंहिता आउनु नै सवल पक्ष भन्दै सम्बन्धित भाषीका लागि आचारसंहिताको पालना र कार्यान्वयन अब झनै प्रभावकारी हुने विस्वास व्यक्त गरे । भाषाविज्ञ सह–प्राध्यापक डा. धनप्रसाद सुवेदीले नेपाली भाषाको हिजोको परम्परालाई नियमन गर्न समस्या भएकाले प्रेस काउन्सिलको शैली पुस्तिका र विभिन्न भाषामा प्रकाशित आचारसंहिताले भाषा संरक्षणमा टेवा पुग्ने विस्वास व्यक्त गरे ।

पुस्तक प्रकाशनबारे जानकारी दिँदै काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलले अहिले बढी बोलिने मातृभाषा मैथिली र नेपालभाषामा आचारसंहिता प्रकाशन गरेको जानकारी दिए । आगामी दिनमा अन्य भाषामा समेत पुस्तक प्रकाशन हुने उनको भनाइ थियो । शैली पुस्तिका प्रज्ञा प्रतिष्ठानको १० औँ संस्करणलाई आधार मानेर तयार गरिएको उनले जानकारी दिए ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८