पत्रकार महासंघका सदस्यहरूको प्रस्तावित नामावली सार्वजनिक

पत्रकार महासंघका सदस्यहरूको प्रस्तावित नामावली सार्वजनिक

काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय ।
  • आश्विन २६, २०८० शुक्रबार २२:३९

नेपाल पत्रकार महासंघले सदस्य शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्डअनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरेको छ । 

महासंघले सात प्रदेशसहित उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट आबद्ध सदस्यहरूको अन्तिम नामावली शुक्रबार सार्वजनिक गरेको हो । 

महासंघको गत वर्ष सम्पन्न साधारण सभाले महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहासचिव उजिर मगर, निवर्तमान सचिव रामप्रसाद दाहाल र पूर्वसचिव धर्मेन्द्र कर्ण रहेको ४ सदस्यीय सदस्य शुद्धीकरण समिति बनाएको थियो । 

‘व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकासका लागि स्वच्छ र व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौ संशोधन, २०७५) को धारा ९, धारा १८ तथा ४३ बमोजिम २०७९ पुस ८ र ९ गते साधारण सभाबाट शुद्धीकरण समिति बनाएको’ थियो । 

गत वर्ष चैत १६ गते नवलपरासी रामग्राममा सम्पन्न केन्द्रीय समिति बैठकबाट महासंघको सदस्य शुद्धीकरण मापदण्ड, २०७९ अनुमोदन गरिएको थियो ।  

नाम सार्वजनिक भएका सदस्यहरूका बारेमा कुनै उजुरी भएमा आउँदो कात्तिक ११ गतेसम्म प्रस्तावित नामउपर दाबी विरोध, सफाइको मौका र न्यायका लागि आह्वान गर्ने समय निर्धारण गरिएको महासंघले जनाएको छ ।

"छानबिन समितिले बनाएको मापदण्ड अनुसार जिल्ला प्रदेशबाट केन्द्रमा आएको प्रस्तावित नाम सार्वजनिक गरिएको छ", सदस्य शुद्धीकरण समितिका एकजना सदस्य एवं महासंघका पूर्व महासचिव उजिर मगरले भने, "कतिपय जिल्ला, प्रदेशमा विवाद रहेकाले सफाइ र न्यायका लागि आवेदन आव्हान गरिएको छ । अब छानबिन सुरु भयो ।" 

प्रस्तावित नामउपर दाबी विरोध, सफाइको मौका र न्यायका लागि नेपाल पत्रकार महासंघको [email protected] इमेलमा उजुरी गर्नुपर्ने महासंघले जनाएको छ । अन्य इमेलमा पठाएको उजुरीमाथि कारबाही नहुने महासंघले जनाएको छ । उजुरी प्राप्त नभएमा प्रकाशित नामावलीलाई नै कायम गरिने महासंघले जनाएको छ ।  

हेर्नुस् प्रदेश समितिहरूबाट प्राप्त अन्तिम नामावलीः

कोशी प्रदेश

मधेश प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदुरपश्चिम प्रदेश

उपत्यका प्रदेश

प्रतिष्ठान प्रदेश

एसोसिएट


यसअघि शीर्षकमा 'अन्तिम' भनिएकोमा गलत अर्थ लागेकाले सच्याइएको ।  


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८