अमृता लम्सालको पुस्तक 'मिडिया, महिला र म' सार्वजनिक

अमृता लम्सालको पुस्तक 'मिडिया, महिला र म' सार्वजनिक

फोटोः Madhuban Paudel/अमृता लाम्सालको फेसबुक
  • आश्विन २६, २०८० शुक्रबार २२:४३

पत्रकार अमृता लम्सालको पुस्तक 'मिडिया, महिला र म' लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापक पी खरेल र प्राध्यापक डा. सुचेता प्याकुरेलले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक अक्षर क्रिएसन्स नेपालले प्रकाशन गरेको हो ।

प्राध्यापक खरेल र प्याकुरेलले लोकार्पित पुस्तकमाथि टिप्पणी गरेका थिए । पुस्तक विमोचन कार्यक्रममा लेखक अमृता लम्सालले क्यान्सरबाट पीडित भएका कारण पुस्तक प्रकाशनमा ढिलाई भएको बताइन् ।

क्यान्सर लाग्दा आफूलाई आफ्नो र परिवारको भन्दा प्रकाशनको तयारीमा रहेको पुस्तकको माया लागेको बताइन् । "मलाई परिवारको भन्दा पनि पुस्तक प्रकाशित गर्न पो पाउँदिन कि भन्ने चिन्ता भएको थियो", हालै क्यान्सरमुक्त भएकी उनले भनिन्, " तपाईँहरूसामु पुस्तक लोकार्पण गर्न पाउँदा धेरै खुसी छु । पढेर सुझाव दिनुहुन्छ भन्ने आशा राखेको छु ।"

लेखक लम्सालले मिडिया, महिला र म पुस्तकमा २०४६ को जनआन्दोलनपछि महिलाको हक अधिकार, मडियामा महिलाको सहभागिता, महिलाको मुद्दाको कुरा उनले तीन दशकमा आफैले भोगेको र देखेको विषयलाई पुस्तकमा समेटिएको छ ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८