कान्तिपुरलाई कानुनको ट्युसन ! पत्रकारको धर्नामा जे देखियो

कान्तिपुरलाई कानुनको ट्युसन ! पत्रकारको धर्नामा जे देखियो

  • कार्तिक १, २०८० बुधबार ०१:१७

नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्सबाट अन्यायपूर्वक निष्कासन तथा सरुवा गरिएका पत्रकार कर्मचारीको न्यायका पक्षमा कान्तिपुर मुख्यालयमा धर्ना थालेको छ ।

व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवा बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका मागहरू पूरा गर्न महासंघसहितका संघसंगठन र संस्थाहरूले मंगलबार एक घण्टा धर्ना दिएको हुन् । कार्यक्रममा कान्तिपुरसहित विभिन्न सञ्चारसंस्थामा कार्यरत पत्रकारहरू सहभागी थिए ।   

KMG.jpg

कान्तिपुरका फोटो पत्रकारहरू धर्नामा । फोटोः देशसंचार


धर्नालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले कानुन उल्लंघन गरी श्रमजीवीहरूमाथि शोषण गरेको बताए । उनले कान्तिपुरलाई कानुन पढाउने अवस्था आएको बताए । 

"पत्रकारको पुर्नवहाली गर, सरुवा बदर गर, त्यसपछि कानुनका कुरा गरौँ । कानुनमा त सबैभन्दा पछि नियुक्त भएकाबाट सुरु गर्नुपर्छ भनिएको छ, यसरी जहाँ जहाँ मन लाग्यो, अनुहार हेरेर मनलाग्दी गर्न पाइन्छ ?" वरिष्ठ उपाध्यक्ष विष्टको प्रश्न थियो, "कान्तिपुरसँग कानुन पढ्ने र बुझ्ने क्षमता छैन भने पत्रकार महासंघले कानुनको ट्युसन पढ्ने व्यवस्था गरिदिन्छ ।" 

विष्टले महासंघ श्रमजीवीका मुद्दाका लागि जस्तोसुकै आन्दोलनका लागि तयार रहेको बताए । "महासंघ कसैको दबाबका अगाडि डग्दैन, कसरी आन्दोलन हुन्छ र कसरी झुक्छ भन्ने इतिहास हामीसँग छ", उनले भने "कान्तिपुर जस्तो संस्थाको विश्वसनीयता नखस्कियोस् र बदनामी नहोस् भन्नेमा हामी सचेत छौँ, तर यस विषयमा व्यवस्थापन बेलैमा सचेत हुनुपर्छ ।" उनले अन्तर्राष्ट्रिय पत्रकार महासंघसहितका संस्थाहरू र कुटनीतिक निकायमा पनि पत्राचार गरी श्रमको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिने बताए ।

Ramesh and Rosan.jpg

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी धर्नालाई सम्बोधन गर्दै । फोटोहरूः महासंघ


महासंघका महासचिव रोसन पुरीले कान्तिपुरले श्रमजीवी पत्रकार ऐन लगायतका कानुन कार्यान्वयन नगर्दा पत्रकारहरू सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए ।

"कान्तिपुरले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएन, उल्टो पत्रकारमाथि अपमान गरिहर्‍यो", पुरीले भने, "कानुनअनुसार पत्रकारले पाउने सेवासुविधा कान्तिपुरले निदिएसम्म यो आन्दोलन रोकिँदैन । यो आन्दोलनको सुरुवात हो, यसलाई निष्कर्षमा पुर्‍याएर मात्र हामी उठ्ने छौँ " कान्तिपुरसँगको पैठोजोरी नभएर आधारभूत मानवअधिकारको विषय भएको उनको भनाई छ ।  

कान्तिपुरका पत्रकार अतुल मिश्रले पत्रकारको श्रमको आन्दोलन कान्तिपुर संस्था विरुद्ध नभएको स्पष्ट पारे। "हामीले श्रमको मूल्य मागेका हौँ, व्यवस्थापनले यसलाई आफूविरुद्धको आन्दोलन नठानोस्", उनले भने । 

Prajwal Atul.jpg

काठमान्डू पोस्ट र कान्तिपुरका पत्रकार क्रमशः प्रज्ज्वल वली र अतुल मिश्र ।


काठमाडौं पोस्टका पत्रकार प्रज्ज्वल ओलीले कानुन र विधिअनुसार निर्णय लिन व्यवस्थापनलाई अनुरोध गरे । आफूहरूले सामूहिक माग राख्दा व्यक्तिगत रुपमा बोलाएर दबाब दिने गरेको बताए । "हाम्रो जायज माग सुनुवाई नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ", उनले भने ।

धर्नामा कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकारहरूसहित पत्रकारका विभिन्न संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीवीको विषय समग्र मिडिया उद्योगमा रहेकाले यसलाई विस्तारित गर्नुपर्ने बताए । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले धर्नामा ऐक्बद्धता जनाउँदै श्रमको मुद्दा निरुपण गर्ने यो उपयुक्त बेला भएको बताए ।  

Journalist Leaders.jpg

धर्नामा श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी (माथि), समाजवादी पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदी (वायाँ) र प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेः (दायाँ) ।


श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले पत्रकारहरूको न्यायपूर्ण आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए । जायज मुद्दा र शालीन आन्दोलनलाई सकारात्मक रुपमा लिन र कानुनको पालना गर्न उनले आग्रह गरे। सम्पूर्ण श्रमजीवीहरूलाई एकताबद्ध गरेर आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनले बताए ।

महासंघका महासचिव रोसन पुरीले कान्तिपुरमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जानकारी दिए । महासंघले बुधबार पनि ३ देखि ४ बजेसम्म धर्ना जारी राख्नेछ ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८