सम्पादकको खोजी, कान्तिपुरलाई १ रुपैयाँ सहयोग : पत्रकार महासंघको आन्दोलनका कार्यक्रममा के छ ?

सम्पादकको खोजी, कान्तिपुरलाई १ रुपैयाँ सहयोग : पत्रकार महासंघको आन्दोलनका कार्यक्रममा के छ ?

  • कार्तिक २१, २०८० मंगलबार १६:३८

नेपाल पत्रकार महासंघले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण तीन दिन स्थगित कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको आन्दोलनका कार्यक्रम थप परिमार्जन गरी घोषणा गरेको छ । कान्तिपुरबाट ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरेको विरोधमा महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम कात्तिक १७ गते नै घोषणा गरेको थियो ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम २०८० कात्तिक २१ गतेदेखि मंसिर १० सम्म चल्नेछन् । घोषित आन्दोलनका कार्यक्रम अनुसार हरेक दिन सेन्ट्रल बिजनेस पार्क थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुप परिसरमा २ः३० बजेदेखि साढे ४ः३० बजेसम्म पत्रकारले दुई घण्टा धर्ना दिनेछन् । कात्तिक २३ गते माइतिघर मण्डलादेखि कान्तिपुर पब्लिकेसन्ससम्म ‘सम्पादकको खोजी’हुनेछ ।

मंसिर १० गतेसम्म धर्नासहित अन्य सिर्जनात्मक कार्यक्रमहरू गरिनेछ । मिडियाका श्रम समस्या समाधानका लागि विभिन्न संघसंगठनहरूसँग छलफल, राष्ट्रियरअन्तर्राष्ट्रिय निकायमा पत्राचार, प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षको ध्यानाकर्षण, संसदीय समितिमा ध्यानाकर्षण, अन्तर्राष्ट्रिय संस्थाहरूसँग पत्राचार तथा भेटघाट लगायतका कार्यक्रम गरिनेछ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सहयोग गर्न व्यंग्यात्मक रुपमा कात्तिक २५ गते कान्तिपुरको बैंक खातामा १ रुपैयाँ जम्मा गरिनेछ ।

यसअघि सम्पन्न धर्ना लगायतका कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै महासंघले घोषित थप कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा हार्दिक आग्रह गरेको छ ।

आन्दोलनका कार्यक्रमहरू श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने महासंघले जनाएको छ ।

व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको छ ।

आन्दोलनको विस्तृत कार्यक्रम तल हेर्नुहोस् ।


यदि तपाईँलाई नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ भन्ने थाहा छैन भने कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगारानी पढ्नुहोस् ।


कान्तिपुर मिडिया ग्रुपमा संघर्षका कार्यक्रम

मिति | नेतृत्व | स्थान | सहभागिता

कात्तिक २१ - उपत्यका प्रदेश - कान्तिपुर मिडिया ग्रुप
कात्तिक २२- प्रतिष्ठान/एसोसिएट प्रदेश- कान्तिपुर मिडिया ग्रुप
कात्तिक २३ केन्द्रीय समिति माइतीघर मण्डला (सम्पादकको खोजी)
कात्तिक २४ उपत्यकाबाट निर्वाचित केन्द्रीय समिति माइतीघरदेखि कान्तिपुर ग्रुपसम्म
कात्तिक २५ एसोसिएटबाट निर्वाचित केन्द्रीय समिति माइतीघरदेखि कान्तिपुर ग्रुपसम्म
कात्तिक २६ देखि मंसिर ३ डिजिटल अभियान
मंसिर ४ केन्द्रीय समिति माइतघर मण्डला पाठकसंग अन्तरक्रिया
मंसिर ५ प्रभावित पत्रकार प्रभावित पत्रकारका पारिवारिक सदस्य
मंसिर ६ महिला विभाग माइतीघर मण्डला
मंसिर ७ केन्द्रीय समिति माइतीघर मण्डला संघसंगठन
मंसिर ८ केन्द्रीय समिति तीनकुने र थापाथली समय विभानज (१/१ घण्टा)
मंसिर ९ केन्द्रीय समिति तीनकुने र थापाथली समय विभानज (१/१ घण्टा)
मंसिर १० केन्द्रीय समिति तीनकुने र थापाथली समय विभानज (१/१ घण्टा)

अन्य कार्यक्रम

मिति | कार्यक्रम | स्थान

कात्तिक २१ छलफल पत्रकार सम्वद्ध संघ संगठन
कात्तिक २२ पत्राचार राष्ट्रिय/अन्तर्राष्ट्रिय निकाय
कात्तिक २३ पत्राचार सरकारसम्वद्ध निकाय
कात्तिक २४ डेलिगेसन श्रम कार्यालय/विभाग/प्रेस रजिष्ट्रार
कात्तिक २५ सहयोग संकलन कान्तिपुरलाई १ रुपियाँ सहयोग÷कान्तिपुरको खातामा जम्मा गर्ने
मंसिर ४ पाठकसँग अन्तरक्रिया माइतघर मण्डला
मंसिर ५ डेलिगेसन सञ्चारमन्त्रालय
मंसिर ६ अन्तरक्रिया/ज्ञापनपत्र सभामुख÷राजनीतिक दल
मंसिर ७ अन्तरक्रिया/ज्ञापनपत्र संसदीय समिति÷राष्ट्रियसभा अध्यक्ष
मंसिर ८ प्रत्यक्ष भेटघाट राष्ट्रिय मानवअधिकार आयोग
मंसिर ९ प्रत्यक्ष भेटघाट आइएलओ प्रतिनिधि
मंसिर १० प्रत्यक्ष भेटघाट युएन प्रतिनिधि


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८