सेतोपाटीका प्रिमियम सामग्री पढ्न अब शुल्क लाग्ने

सेतोपाटीका प्रिमियम सामग्री पढ्न अब शुल्क लाग्ने

  • कार्तिक २३, २०८० बिहीबार ०५:४६

सेतोपाटी डट कमले प्रिमियम सामग्री पढ्न शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । 'प्रिमियम' सामग्रीहरू सेतोपाटीका सदस्यहरूले मात्र पढ्न पाउने सेतोपाटीले प्रकाशकीयमार्फत् जनाएको छ ।

"कुनै पनि सञ्चारगृहको वार्षिक खर्चको महत्त्वपूर्ण अंश पाठकहरूले नबेहोरून्जेल त्यो सञ्चारगृहले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न सक्दैन", सेतोपाटीले प्रकाशकीयमा भनेको छ, "आम्दानीको ८०–९० प्रतिशत विज्ञापनले धान्ने सञ्चारगृह अन्ततः पाठकमा होइन, बजारमाथि निर्भर हुन पुग्छ । अर्थशास्त्रको सामान्य तर क्रुर नियम यही हो ।"

लोकरिझ्याइँको हुरी चलेको यो समयमा नडराइकन र नबहकिकन आफ्नो कुरा भन्न सक्ने पत्रकारिताको महत्त्व समाजमा बढेको सेतोपाटीको तर्क छ  ।

२०७३ सालमै सेतोपाटीले शुल्क तिरेर सामग्री पढ्ने व्यवस्था मिलाउने घोषणा गरेको थियो  । "तर देशभित्र र बाहिरबाट शुल्क तिर्न 'पेमेन्ट गेट-वे' हरूको राम्रो विकास नभइसकेका कारण हामी त्यो बेला आफ्नो योजनामा अघि बढ्न सकेनौं", सेतोपाटीले भनेको छ, "पछिल्लो समय डिजिटल पेमेन्टको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । केही समयदेखिको तयारीपछि हामीले ती सबै प्राविधिक काम सकेका छौं ।"

तिहारपछि सेतोपाटीमा प्रकाशित हुने प्रिमियम समाचार, लेख र शृंखलाहरू सदस्यता लिएका पाठकहरूले मात्र पढ्न पाउने भएका छन् । अरू समाचार भने सबै पाठकहरूले पढ्न पाउने छन्  ।

तत्कालका लागि नेपालबाट वार्षिक सदस्य बन्नेले मासिक एक सय रूपैयाँ र विदेशबाट वार्षिक सदस्य बन्नेहरूले मासिक दुई डलर तिर्नुपर्ने छ । यो छुटसहितको शुल्क हो ।

नेपालबाट सदस्य बन्ने पाठकहरूले कुनै पनि बैंकको एटिएम कार्ड वा विभिन्न बैंक वा वित्तीय कम्पनीका क्युआर कोड प्रयोग गरेर शुल्क तिर्न सक्नेछन्  । विदेशमा बस्ने पाठकहरूले आफ्नो भिसा वा मास्टर-कार्ड प्रयोग गरेर शुल्क तिर्न सक्नेछन् ।

"आर्थिक आत्मनिर्भरतासँगै हामी सेतोपाटीलाई थप सबल र थप सिर्जनशील बनाउने छौं", सेतोपाटीले भनेको छ, "हामी पत्रकार र पाठक मिलेर नै नेपाली समाजमा बलियोसँग उभिने एउटा सशक्त सञ्चारगृह बनाउन सक्नेछौं । त्यसमा तपाईंहरूको साथ रहनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।"


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८