पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै सिहंदरबार गेटमा कालो ब्यानर

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै सिहंदरबार गेटमा कालो ब्यानर

  • पौष ४, २०८० बुधबार २१:३७

पत्रकारहरूको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्नुपर्ने भन्दै श्रमजीवी पत्रकार संघले कालो ब्यानर उडाएर विरोध गरेको छ । 

संघका अध्यक्ष जन्मदेव जैसीको अगुवाइमा सञ्चार सूचना तथा प्रविधि मन्त्रालयलाई अगाडी पारेर बलुनमा कालो ब्यानर बाँधेर उडाउँदै विरोध गरिएको हो । 

गत मंसिर २५ गते सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई अल्टिमेटम पत्र बुझाए लगत्तै २९ गते एक प्रेस विज्ञप्ति जारी गरी पुस १ गते देखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

संघका अनुसार सामाजिक सञ्जालमार्फत ९ बुँदे मागको प्रचार प्रसार , हस्ताक्षर अभियान लगायत बुधबार (आज) बेलुनमा कालो ब्यानर भुन्ड्याएर सिंहदरबाको पूर्वी गेटबाट आकासमा उडाइएको हो ।

आगामी विरोध कार्यक्रममा सातैवटा प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, कालो ब्यानर सहित राजधानी काठमाडौंमा धर्ना बस्ने र पुस ८ गते प्लेकार्डसहित प्रदर्शन गर्ने तयारी गरेको छ ।


श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्नुपर्ने भन्दै श्रमजीवी पत्रकार संघले गत ०७९ फगुनमा ९ बुँदे माग राखेको थियो। सोही माग पुरा नभएको भन्दै संघले सरकारको विरोध गरिरहेको छ।

९ बुँदे मागमा के छ?

२०७९ फागुन ८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष श्रमजीवी पत्रकार संघले बुझाएका ९ बुँदे अधिकारका मुख्य बुँदाहरू:
    1. श्रमजीवीहरूको पारिश्रमिक अनिवार्य बृद्धि गर्नुपर्छ । सम्पूर्ण सञ्चागृहमा सामाजिक सुरक्षाकोष अनिवार्य लागु गर्दै असक्त/अपाङ्ग पत्रकारहरुलाई जेष्ठ पत्रकारसरह मासिक जीवन बृत्तिको व्यवस्था गर्नुपर्छ ।
    2. ०५१ सालमा बनेको श्रमजीवी सम्बन्धि पत्रकार ऐन परिवर्तित स्थिति अनुरुप आवश्यक संशोधन अनिवार्य गर्नुपर्छ ।
    3. श्रमजीवीहरुको पेशागत, भौतिक, सामाजिक एवं अर्थ रक्षाका लागि एक स्वायत्त नियमन निकायको रुपमा “पारिश्रमिक निर्धारण तथा नियमन आयोग“को गठन र प्रस्तावित सो आयोगको फराकिलो क्षेत्राधिकार निर्धारणसहितको कार्यविधि निर्माण गर्नुपर्र्छ ।
    4. कथित ठुला मिडियाको विज्ञापनमाथिको एकाधिकार तोड्न स्थानीय निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यामलाई नै उपलब्ध गराउने ग्यारेन्टी गर्नुपर्छ ।
    5. युट्युव च्यानल दर्ता/सूचीकरण गरी करका दायरामा ल्याउन र युट्युबसहितका सामाजिक सञ्जालको नियमनका लागि आवश्यक नीति निर्माणसहित विश्वव्यापी सूचना प्रविधिहरु गुगल, फेसबुक, ट्वीटर, इन्साग्राम, लिंकदिनलगायतमा प्रसारित विज्ञापनको नियमन र सूचिकृतको व्यवस्था गर्नुपर्छ ।
    6. पत्रकार एवं सञ्चारमाध्याममा काम गर्ने श्रमजीवीहरुलाई निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्नुपर्छ ।
    7. श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यामलाई कार्यान्वयनका लागि दबाब र अटेर गर्ने सञ्चारमाध्यामको बैंक खाता रोक्का, सद्भाव भ्रमणमा सहभागी नगर्ने, कालो सूचीमा नाम निकाल्ने, सामान खरिदमा सरकारले दिएको सहुलियत रोक्ने कानुनी व्यवस्था लागु गर्नुपर्छ ।
    8. साना तथा स्वरोजगार मिडियालाई सहुलियत दरमा पाँच करोडसम्म ऋण उपलब्ध गराउने र समानुपातिक बिज्ञापन प्रणाली लागु गराउनुपर्छ ।
    9. कोभिडको बेला सञ्चार व्यवसायीहरुले लिएको सहुलियत दरको ऋण अन्त लगानी गरेर श्रमजीवीहरुलाई पारिश्रमिक नदिनेलाई कारवाही गर्नुपर्नुपर्दछ ।

 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८