राजधानी दैनिकका सञ्चालकविरुद्ध जातीय विभेदको मुद्दा दायर, सञ्चालक शेरचन फरार

राजधानी दैनिकका सञ्चालकविरुद्ध जातीय विभेदको मुद्दा दायर, सञ्चालक शेरचन फरार

  • पौष १०, २०८० मंगलबार १८:४६

राजधानी न्युज पब्लिकेसन प्रालिद्वारा प्रकाशित राजधानी दैनिक पत्रिकामा कार्यरत पत्रकारमाथि भएको भनिएको जातीय विभेदको घटना जिल्ला अदालत काठमाडौंमा पुगेको छ ।

सरकारी वकिलको कार्यालयले गत शुक्रबार (पुष ६) जिल्ला अदालत काठमाडौंमा राजधानी न्युज पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक आशिष शेरचनविरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरेको हो । 

राजधानीमा कार्यरत पत्रकार ईश्वरबहादुर विश्वकर्मालाई गत असार ८ गते सञ्चालक समितिका सदस्य आशिष शेरचनले कार्यालय परिसरमा जातीय विभेद गरेको भन्दै गत शुक्रबार जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा दर्ता भएको हो । 

"...शेरचनले श्याम श्रेष्ठ र खड्ग भुजेललाई मलाई केही कुरा स्पष्ट पार्नु छ भनी बोलाउन भनी पठाए । मैले आवश्यक ठानेर पुजा भएको हलमा गएँ," विश्वकर्माले बयानमा भनेका छन्, "...मलाई बोल्न लगाए तर दिएनन्, उल्टै अपशब्द प्रयोग गरे र गाली गलौज गर्नुका साथै शेरचनकै उक्साहटमा आज कामीलाई कुट्नुपर्छ,आज कामीले कुटाई खाने भो,जस्ता शब्दहरू प्रयोग गरे ।" 

प्रत्यक्षदर्शीको बयान

विश्वकर्मा पुजा हलमा पुग्नु अघि पनि उनका बारेमा जातीय रुपमा नराम्रा टिप्पणीहरू गरिएको त्यहाँ कार्यरत पत्रकार सविन शर्माले बयानमा बताएका छन् । "...आज यस कामीलाई कुट्नु पर्दछ, कामीको छोरालाई त्यसै छाड्न हुन्न, कालोमसो दल्नु पर्दछ भनी कराए, उक्त कुराहरू को कस्ले बोलेका हुन् ठम्याउन सकिएन । त्यस समयसम्म ईश्वर बहादुर विश्वकर्मा उक्त कार्यक्रममा थिएनन्," पत्रकार शर्माले बयानमा भनेका छन् । 

विश्वकर्मालाई हलमा लगेर गालीगलौजसहित हातपातको प्रयास पनि भएको शर्माको बयान छ । "...मलाई रोशन श्रेष्ठले कुट्न समेत उठी आशिष शेरचनको निर्देशनमा ज्यान लिने उद्देश्य नै राखेर उक्त हलको ताला लगाई सटर आधा लगाएर, मूल गेटको समेत ताला लगाई ज्यान लिने खोजे", विश्वकर्माले बयानमा भनेका छन् ।  


>>> सञ्चालकहरूको सम्पत्तिको कचिङ्गलले ‘राजधानी’ दैनिकमा निम्तिएको सङ्कट


महान्यायाधिवक्ताको कार्यालयले वेबसाइटमा राखेको अभियोगपत्रमा पत्रकार शर्माले बयानमा भनेका छन्,"...विश्वकर्मा कार्यक्रम स्थलमा आई विज्ञप्तिको बारेमा बोल्दै गर्दा रोशन श्रेष्ठले उठी तपाईँले बेकामे कुराहरू नगर्नुहोस् भनी गाली गर्दै भिडलाई उचाल्ने कार्य गरे । त्यसपछि कर्मचारीहरूको भिडले ईश्वरबहादुर विश्वकर्मामाथि हात हाल्न आए ।"

त्यस्तै नेपाल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका राजधानीका पत्रकार टेनिस रोक्काले समेत पत्रकार विश्वकर्मामाथि जातीय विभेद भएको बयान दिएका छन् ।

"...मलाई पुजाको पुर्व कुनै सूचना नभएकाले मैले जान इन्कार गरिदिएँ । म आफ्नै कार्यकक्षमा बसिरहेको अवस्थामा केही समयपछि ईश्वरबहादुर विश्वकर्मा आई ममाथि जातीय विभेद, जातीय रुपमा भेदभावजन्य कार्य भयो", बयानमा रोक्काले भनेका छन्, "...विश्वकर्मालाई ढोका थुनेर कुटपिटको प्रयास भएको भन्ने सविन शर्मा, राम सुदन तिमल्सिना समेतका साथीहरूले बताए पश्चात थाहा पाएँ ।"

के छ मागदाबी ?

विश्वकर्माले आफू अन्यायमा परेको भन्दै आशिष शेरचनले मुलुकी अपराध संहिता २०७४ को दफा १६६ (१) बमोजिम कसुर अपराध गरेको हुँदा अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

"निज प्रतिवादीलाई सोही संहिताको दफा १६६ को उपदफा (२) बमोजिम सजाय हुन समेत माग दाबी लिई सक्कल मिसिल यसै अभियोग पत्रसाथ पेश गरिएको व्यहोरा अनुरोध छ," सरकारी वकिलले दायर गरेको मुद्दामा मागदाबी गरिएको छ, "हालसम्म फरार रहेका प्रतिवादी आशिष शेरचनलाई सम्मानित अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम हुन अनुरोध छ ।"

मुलुकी अपराध संहिता, २०७४ को दफा १६९ बमोजिम प्रतिवादीबाट पीडित जाहेरवालालाई मनासिब क्षतिपुर्ति समेत दिलाई भराई पाउन पनि अनुरोध गरिएको छ । 

विश्वकर्माले गत असार ११ गते महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । उनले मुलुकी अपराध संहिता २०७४ को १२(१७७), मुलुकी फौजदारी संहिता २०७४, जातीय तथा छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ तथा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यविधि २०७४ बमोजिमको हदैसम्मको कारबाही माग गरेका छन् । 

नेपाल पत्रकार महासंघले पनि यस विषयमा छानबिनका लागि केन्द्रीय सचिव गोविन्द चौलागाईको स‌ंयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिका सदस्य विकास कार्कीले प्रतिवेदन बुझाउने अन्तिम तयारीमा समिति रहेको जानकारी दिए । 

घटना भएको ६ महिना बितिसक्दा पनि अभियुक्त शेरचनलाई प्रहरीले पक्राउ गर्न भने सकेको छैन ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८