रवि लामिछानेले कान्तिपुरविरुद्ध दिए गाली बेइज्जती मुद्दा

रवि लामिछानेले कान्तिपुरविरुद्ध दिए गाली बेइज्जती मुद्दा

  • पौष १७, २०८० मंगलबार २२:२७

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन्स लिमिडेटविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । आफूलाई नियोजित रुपमा बदनाम गर्ने गरी समाचारहरू प्रकाशित भएको दाबीसहित उनले मङ्गलबार काठमाडौं जिल्ला अदालतमा कान्तिपुरविरुद्ध मुद्दा दायर गरेका हुन् । 

"मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु", लामिछानेले फेसबुकमार्फत् भनेका छन् । 

लामिछानेले कान्तिपुर पब्लिकेसन्स, इकान्तिपुर डट कम, कान्तिपुर दैनिक, पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया र प्रधान सम्पादक उमेश चौहानलाई विपक्षी बनाएका छन् ।

लामिछानेले मुलुकी अपराध संहिताको दफा ३०५ र ३०७ को उल्लंघन भएकाले विपक्षीहरुलाई कैद र जरिवानाको माग गरेका छन् । आरोप पुष्टि भएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

विद्युतीय माध्यम प्रयोग गरी गाइबेइज्जती गरेको भए थप १ वर्ष कैद र १० हजार जरिवाना हुन्छ । 

कान्तिपुरमा शृङ्खलाबद्ध रुपमा प्रकाशित भएजस्तो आफू कुनै पनि सहकारीसँग सम्बन्धित मानिस नभएको उनले दाबी गरेका छन् ।

"म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन", उनको दाबी छ, "मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन ।" 

देशैभर विभिन्न सहकारीहरू सञ्चालन गरी बचतकर्ताहरूको रकम अपचलन गरेका जीबी राईको समूहले ती सहकारीहरूबाट रकम निकालेर ग्यालेक्सी टेलिभिजन खोलेको खुलेको छ । उक्त टेलिभिजनमा स्थापनाका क्रममा रवि लामिछानेको पनि १५ प्रतिशत शेयर थियो, जुन रविले टेलिभिजन छोड्ने क्रममा फिर्ता गरेको बताउँदै आएका छन् ।


यो पनि पढ्नुस्ः खोया हानेको रवि लामिछानेमाथि तर लाग्यो मिडियालाई !


यद्यपि सहकारीहरूबाट रविका नाममा समेत पैसा निकालेको देखिएको छ । "मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु", रविले भनेका छन्, "म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु ।" 

सहकारी पीडितहरूको न्यायको पक्षमा आफूहरूले सदनमा आवान उठाउने उनको दाबी छ । "सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन", लामिछानेको भनाई छ, "यो मेरो वचन भो।"

"एउटा  योद्धा  लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ", आफू आरोप लाग्नै नहुने मान्छे नभएको उल्लेख गर्दै उनले लेखेका छन् । 

लामिछाने ग्यालेक्सी टिभीको सञ्चालक संस्था गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रबन्ध निर्देशक थिए । टेलिभिजन छोडेर उनी राजनीतिमा होमिएका थिए । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८