सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक

सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक

  • पौष २३, २०८० सोमबार १९:४०

सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका ‘सूचना चलखेलको मुकाबिलाः निर्वाचन र त्यसको सेरोफेरोका लागि स्रोतपुस्तिका’ सार्वजनिक भएको छ ।

इन्टरनेसनल रिपब्लिकन इन्सटिच्युट (आइआरआइ), नेसनल डेमोक्रेटिक इन्सटिच्युट (एनडिआइ) र द स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरीले संयुक्त रूपमा अंग्रेजीमा सन् २०२१ सेप्टेम्बरमा सार्वजानिक गरेको थियो ।

कम्ब्याटिङ इन्फरमेसन म्यानिपुलेसन, ए प्लेबुक फर इलेक्सन एण्ड बियोण्ड नामको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी आज काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

आइआरआइ नेपालका सिनियर प्रोग्राम म्यानेजर युवराज आचार्यले पुस्तक सार्वजानिक कार्यक्रममा सहभागीलाई स्वागत गर्दै यो पुस्तकले मिथ्या सूचना पहिचान गर्न, र त्यस्ता सूचनासंग लड्न सहयोग गर्ने भएको हुनाले नेपाली भाषामा पनि सार्वजानिक गरेको बताए ।

पुस्तक सार्वजनिक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक ऋषिकेश दाहालले नेपालमा सूचना हस्तान्तरण परिदृश्य ( Information Manupulation Landscape in Nepal) सम्बन्धी गरेको अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गरेका थिए ।

मानिसहरूले प्राथमिक सूचना सामाजिक सञ्जाल मार्फत थाहा पाउने, एउटा मिडियामा आएको समाचार अरू मिडियाहरूले चोरेर लेख्ने, सूचना प्रदूषित मूल राजनीतिक नेतृत्वले गर्ने गरेको र मिडियाहरूको राजनीतिक झुकावको कारणले गर्दा मिथ्या सूचना फैलने गरेको उपप्राध्यापक ऋषिकेश दाहालको रिसर्चको निष्कर्ष रहेको थियो ।

इन्टरनेशनल फाउन्डेसन फर इलेक्सन सिस्टमका सिनियर कन्ट्रि डाइरेक्टर बासु मोहनले निर्वाचनका बेला विश्वव्यापी रुपमा सूचनाको चलखेल बढी हुने गरेको बताउँदै त्यसलाई न्यूनीकरणका लागि अन्तरदेशिय पहल आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता पुस्तकको स्थानीय भाषामा उल्थाले सूचनाको चलखेल सम्बन्धी बहसलाई व्यापक बनाउन र निर्वाचनमा त्यस्ता चलखेलको प्रभाव कम गर्न सरोकारवालालाई प्रेरित गर्ने बताए । 

मिडिया अनुसन्धाता तथा सिएमआर जर्नलिज्म एकेडेमीका निर्देशक उज्वल आचार्यले पुस्तकको परिचय र यसको प्रयोग अनुभव सम्बन्धमा प्रस्तुति दिएका थिए ।

अंग्रेजी पुस्तकमा जे छ त्यो नै अनुवाद गरेर नेपालीमा सार्वजनिक गरेको उनले बताए । "अंग्रेजीमा रहेको पुस्तकमा सूचनामा चलखेल कत्तिको हुन्छ भनेर मेक्सिको र ताइवानमा केस स्टडी गरेको कुरा समावेश छ", उज्वल भन्छन्, "हामीले नेपाली भाषाको पुस्तकमा सूचनाको चलखेल कतिको हुन्छ भनेर नेपालको केस स्टडी गरेर समावेश गरेका छौँ ।"

आचार्यले सूचना चलखेल सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेका प्रवृत्तिहरू नेपालमा पनि देखिएकाले स्रोत पुस्तिकाले सूचनाको चलखेल न्यूनीकरणका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 

सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यकारी निर्देशक तिलक पाठकले नेपालमा सूचना चलखेलको न्यूनीकरणका लागि सेन्टरले फ्याक्ट चेकिङ, मिडिया तथा सूचना साक्षरता, तालिम, नीतिहरूमा बहस लगायत सञ्चालन गरेको जानकारी दिए । 

यो प्लेबुकले तीनवटा विषय समेटेको छ- विद्यमान सूचना चलखेल अभियानहरूको पहिचान गर्ने, तत्कालीन र अल्पकालीन प्रतिक्रियाहरू विकास गर्ने र सूचना चलखेलको प्रतिरोध गरेर सामान्य अवस्थामा फर्कन आवश्यक जियालोपन विकास गर्ने ।

आइआरआइकी प्रोग्राम म्यानेजर प्रेमा विस्ट थापा, एनडिआइ नेपालकी कन्ट्रि रेप्रिजेन्टेटिभ विदुसी ढुङ्गेल र सिएमआरका अध्यक्ष दीपक अर्यालले पुस्तक सार्वजनिक गरे । 

इन्टरनेसनल रिपब्लिकन इन्सटिच्युट(आइआरआइ), नेसनल डेमोक्रेटिक इन्सटिच्युट(एनडिआइ) र द स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरीले संसारभर चुनावसम्बन्धी सूचनाको विश्वासनीयतालाई कमजोर तुल्याउन भइरहेका दुष्प्रयासहरूको अध्ययन गर्ने गर्छ ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८