कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

  • माघ १३, २०८० शनिबार २२:४९

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा शनिबार पुस्तक विमोचन गरेका हुन् ।

महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवालले लेखेको पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो । पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड रहेका छन् ।

‘आधारभूत सिद्धान्तमै खेलाँची’ शीर्षकको ‘सन्दर्भ’ खण्डमा नेपाल र विश्व पत्रकारिताले बेलाबखत गर्नेगरेको आधारभूत सिद्धान्तमाथिको खेलबाडको सन्दर्भ उठाइएको छ । अन्तर्राष्ट्रिय पत्रकारिताका चर्चित कमजोरीहरू यस खण्डमा समेटिएका छन् । नेपालको पत्रकारितालाई ऐतिहासिक कालखण्डमा पक्षधरता र पूर्वाग्रहले कसरी गाँजेको थियो भन्नेबारे पनि यस खण्डमा व्याख्या गरिएको छ । प्रमुख अखबारका प्रथम पृष्ठमा प्रकाशित गलत समाचारका दृष्टान्त पनि उल्लेख गरिएका छन् ।

‘देशको सीमांकन बदल्ने आन्दोलन’ शीर्षकको खण्डमा २०७२ साउन २२ देखि भदौ ४ (१५ दिन) सम्म सुर्खेतलाई केन्द्र बनाएर चलेको सीमांकन आन्दोलनको उठान, त्यसको प्रभाव र परिणामबारे व्याख्या गरिएको छ । पुस्तकको ‘मूलकथा’ खण्डमा सीमांकन आन्दोलनमा मुलतः सुर्खेती मिडियाको भूमिकाको मूल्याङ्कन गरिएको छ ।

स्थानीय पत्रिकाका पहिलो पृष्ठ कति असन्तुलित, अधिक पक्षधर र पूर्वाग्रही थिए भन्नेबारे १५ दिनकै समाचार अध्ययन गरी विश्लेषण गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा उपप्रधानमन्त्री पत्रकारिता सही मार्गमा हिँडेको खण्डमा मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताए । ‘हरेक क्षेत्रजस्तै पत्रकारिता क्षेत्रका पनि आफ्नै मूल्य–मान्यता, सिद्धान्त र आदर्श रहिआएका छन्, जसलाई सही रुपमा व्यवहारमा कार्यान्वयन गर्नु पर्दछ,’ उनले भने, ‘तर बेलाबखत अपवादका रुपमा पत्रकारितामा केही कमजोरी र त्रुटिहरू देखिने गर्दछन् । जो हामी सबैले देख्दै, भोग्दै र महसुस गर्दै आएका छौं ।’

उनले सञ्चार क्षेत्रले सत्य–तथ्य, सन्तुलित र विश्वनीय समाचार प्रदान गर्ने आफ्नो मूलधर्मबाट विचलित हुन नहुने बताए । उपप्रधानमन्त्री खड्काले पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसंगतिलाई निर्मूल पार्दै स्वच्छ, सशक्त र विश्वनीय आधार निर्माणमा आफ्ना गतिविधिलाई केन्द्रित गर्नु अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको बताए । ‘फल्स फ्रन्ट पेज’ सुर्खेत आन्दोलन र त्यहाँका सञ्चार माध्यमको भूमिमा केन्द्रित भए पनि पुस्तकले समग्र नेपाली पत्रकारितामा भएका त्रुटिहरू औंल्याएको उनले बताए ।

वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको बताए ।

महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पुस्तक ‘तथ्य–कथा’ रहेको बताए । ‘सुर्खेत आन्दोलनमा मिडिया र राजनीतिका कुरादेखि नेपाली मिडियामा भएका सञ्चारमाध्यमका कमजोरीहरु उल्लेख भएका छन्,’ उनले भने ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय खोज पत्रकारिता संकटमा परेको बताउँदै पत्रकारले खोज तथा अनुसन्धान कार्य गर्नु सकारात्मक भएको बताए ।

पुस्तकको मूल्य ५०० रुपैयाँ छ । पुस्तक बिक्रीबापत प्राप्त आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारिता पुरस्कार स्थापनाका लागि प्रयोग गर्ने लेखक सेजुवालले बताए । 

लेखक सेजुवाल केही समयअघिसम्म कान्तिपुर दैनिकमा कार्यरत थिए । त्यहाँ चर्किएको श्रम आन्दोलनका क्रममा उनले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राजीनामा दिएका थिए । पढ्नुस्ः मालिकसँग सम्पादक र सम्पादकसँग पत्रकार डराउने स्थिति छः कलेन्द्र सेजुवालसँग कुराकानी


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८