नेपालमा चलचित्र निर्माणसम्बन्धी राष्ट्रिय सङ्गोष्ठी हुँदै

नेपालमा चलचित्र निर्माणसम्बन्धी राष्ट्रिय सङ्गोष्ठी हुँदै

Photo by Kushagra Kevat on Unsplash
  • माघ १८, २०८० बिहीबार ००:४९

काठमाडौँ विश्वविद्यालय, कला सङ्काय (स्कुल अफ आर्टस्) अन्तर्गत भाषा तथा आमसञ्चार विभागले आउँदो चैत्र २२ र २३ गते नेपालमा चलचित्र निर्माणसम्बन्धी राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

चलचित्रकर्मी, शिक्षाकर्मी, अनुसन्धानकर्ता, समीक्षक र विद्यार्थीहरूबीच समन्वय विकासका लागि सङ्गोष्ठी आयोजना गरिएको कला सङ्कायले जनाएको छ । 

विभागले कार्यक्रमका लागि छानिएका शीर्षकहरूमा केन्द्रित रही अनुसन्धानमूलक रचना पेश गर्न अनुरोध गरेको छ ।

नेपाली चलचित्रको अन्तर्वस्तु विश्लेषण (कन्टेन्ट एनालाइसिस) डिजिटल क्रान्ति, कृत्रिम बौद्धिकता र चलचित्र चलचित्रको विविधता र समावेशीकरण, चलचित्र निर्माण प्रविधि, लैङ्गिकता र चलचित्र, ऐतिहासिक आख्यान, नेपाली चलचित्रमा देशभक्ति, जलवायु परिवर्तन र चलचित्रमा दिगोपन, चलचित्र, संस्कृति र समाज, चलचित्रमा ध्वनिको प्रयोग, युवा र चलचित्र निर्माणको भविष्य आदि विषयमा सङ्गोष्ठीमा प्रस्तुतिकरण तथा छलफलहरू आयोजना हुनेछन् । 

कार्यक्रमका लागि माघ १८ गतेभित्र लेखसार पेश गर्न सकिन्छ भने फागुन १७ गतेभित्र पूर्णलेख पेश गर्नुपर्ने छ । 

छनोट समितिले समयसीमाभित्र प्राप्त लेखहरूको समीक्षा गर्नेछ । पेश गरिएका कागजात तथा अनुसन्धानको पूर्ण स्वरूप, मौलिकता, प्राविधिक पक्ष, अनुसन्धान दायरा, भाषिक शुद्धता र सान्दर्भिकतामा आधारित भई विस्तृत समीक्षा गरिने सम्मेलन आयोजकले जनाएको छ । 

छनोट समितिबाट चयन गरिएका लेखकहरूलाई सम्मेलनमा प्रस्तुतिका लागि सूचित गरिने छ । छानिएका लेखहरू काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले २०६४ देखि प्रकाशित गर्दै आएको अन्तरविषयक जर्नल बोधिमा प्रकाशित हुनेछन् । 

Call-for-Papers-Film-Confercence-Nepali.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८