पत्रकारमाथि नगरप्रहरीको कुटपिटः छानबिन समिति बनाउन महानगर तयार

पत्रकारमाथि नगरप्रहरीको कुटपिटः छानबिन समिति बनाउन महानगर तयार

  • चैत्र ४, २०८० आइतबार २३:३९

पत्रकारमाथि भएको कुटपिट भएको घटनाको अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाले छानबिन समिति बनाएको छ । गत फागुन १६ गते पत्रकार पदमप्रसाद पोखरेलमाथि भएको कुटपिटको घटनाको छानबिन गर्न महानगरपालिका कार्यालय तयार भएको हो ।

प्रशासकीकृत अधिकृत दीपक अधिकारीको संयोजकत्वमा बनेको छानबिन समितिमा घाइतेको तर्फबाट दुईजना सदस्य रहने श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

अध्यक्ष जैसीका अनुसार छानबिन समिति गठनसँगै महानगरपालिकाले घाइते बनाएका पत्रकार पदमप्रसाद पोखरेलको उपचार खर्च समेत बेहोर्ने भएको छ । “पोखरेलजीको उपचार खर्च महानगरपालिकाले बेहोर्ने निर्णय भएको छ,” जैसीले भने,“ महानगरपालिकाले उहाँको मोबाइल फिर्ता दिइसकेको छ ।”

WhatsApp Image 2024-03-17 at 17.42.41 (1).jpeg

छानबिन समिति बनेसँगै श्रमजीवी पत्रकार संघको नेतृत्वमा भएको रिले अनशन पनि स्थगित भएको छ । श्रमजीवी पत्रकार संघको नेतृत्वमा पत्रकारहरूले फागुन २९ गतेदेखि रिले अनशन सुरू गरेका थिए । रिले अनशन छैठौँ दिनमा स्थगित भएको हो ।

हेर्नुहोस् निर्णय:-

WhatsApp Image 2024-03-17 at 17.42.41.jpeg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८